नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा

नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा

कपन अनलाइन

काठमाडौँ, कार्तिक २९।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र बेशीगाउ युवा युवा समूहको संयक्त आयोजनामा हुन लागेको नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा भएको छ। शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उधेश्य राखेर कार्तिक २९ गते देखि संचालन गर्न लागिएको सो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका संयोजक संगम थापा श्रेष्ठले जानकारी गराए।

 उक्त पत्रकार सम्मेलनमा बेसीगाउ युवा समूहका अध्यक्ष कृष्ण नेपालले गोकर्णेश्वर नगरपालिका भित्र संचालनमा रहेका बिद्यालयहरुलाई सहभागी गराइएको बताए। उनले थप जानकारी दिदै भने, बेसीगाउ युवा समूहले  धेरै सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउदै आएको र गोकर्णेश्वर नगरपालिकाबाट उत्कृष्ट खेलाडी उत्पादन होस् भन्ने हेतुले नपालय इंगलिस पब्लिक स्कुल संग सहकार्य गर्दै सो प्रतियोगिता आयोजना गरेको बताए। उनले प्रतियोगितामा कुल २२ वटा बिद्यालयले सहभागिता जनाएको जानकारी गराए ।उनले गोकर्णेश्वर नगरपालिका भित्र मात्र संचालनमा रहेका बिद्यालयलाइ सहभागि गराइए पनि तीन वटा बिद्यालयलाइ आमन्त्रित पाउना बिद्यालयको रुपमा सहभागी गराइएको जानकारी गराए । जसमा साइपाल एकेडेमी बुढानिलकण्ठ ,गोठाटार इंगलिस सेकेण्डरी स्कुल र विट्स एकेडेमीले पाउना टिमको रुपमा सहभागीता जनाउने बताए ।

कार्तिक २९ गते देखि नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिता मंगसिर ७ गते सम्पन्न हुनेछ, जसमा प्रथम दितीय र उत्कृष्ट  हुने टिमले क्रमश  नगद रु १० हजार ,५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने  प्रत्येक खेलको म्यान अफ द म्याचलाइ  दिइने ट्रफीलाइ परिवर्तन गर्दै टिशर्ट प्रदान गर्न लागिएको पनि बताए।    प्रतियोगितामा रेफ्रीको भूमिकामा  प्रदिप लामा र कृष्ण चौधरी रहेने जानकारी गराउदै प्रतियोगिताको  उद्दघाटन खेल आयोजक  नेपालय इंगलिस पब्लिक स्कुल र लिबर्टी एकेडेमी बीच हुनेछ।

कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न गर्नको लागि अस्ट्रेलियाको सिड्नीबाट बिपिन श्रेष्ठ ,कुशन श्रेष्ठ त्यसै गरि छहारी युवा क्लबका बिनायक श्रेष्ठ र नव शुभलक्ष्मी फाइनान्सका बशन्त श्रेष्ठको  सहयोग रहेको जानकारी गराउदै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा आयोजकले राखेको बताए । बिहिबार नै खेल तालिका समेत सार्वजनिक गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।