पुष्पलाल अध्ययन समाजमा पुन : लोककृष्ण भट्टराई

पुष्पलाल अध्ययन समाजमा पुन : लोककृष्ण भट्टराई

कपनअनलाइन

काठमाडौं,कार्तिक २८ । पुष्पलाल अध्ययन समाजको साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले लोककृष्ण भट्टराईलाई अध्यक्षमा पुन :  निर्वाचित गरेको छ ।
काठमाण्डौंको नेपाल ल क्याम्पसमा शनिबार सम्पन्न भेलाले भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति र ३५  सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको विचारलाई संरक्षण र प्रबर्द्धन गर्ने उद्धेश्यले २०६३ मा स्थापना भएको यस संस्थाले पुष्पलाल स्कुलका व्यक्तिहरुलाई समेट्दै शुद्धिकरण अभियानमा बहश चलाउँदै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जेष्ठ कम्युनिष्ट लक्ष्मिभक्त उपाध्यायले साधारणसभाको उद्घाटन गर्दै अहिलेका नेताहरुले पुष्पलालको व्यवहार र आचरण अनुशरण नगरेको बताएका थिए ।

कार्यक्रममा नेकपाका नेता तथा राष्ट्रियसभामा सत्तापक्षका नेता दिनानाथ शर्माले पुष्पलालका बैज्ञानिक विचारको समृद्धि तथा आन्दोलन र पार्टीहरुभित्रका विकृति एवं धुलोमैलो फाल्न अध्ययन समाज सक्रिय हुनुपर्ने बताएका थिए ।

त्यस्तै नेकपाका उपाध्यक्ष लोकनारायण सुवेदीले कम्युनिष्ट आन्दोलनको कुहिरी मण्डल समाप्त पार्न तथा राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्यासँग लड्न पुष्पलालका विचार महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि ‘राजीव’ तथा नेकपा क्रान्तिकारी माओवादीका प्रतिनिधि हस्त बहादुर केसीले सत्तारुढ नेकपामा बैचारिक विचलन आएकोले नै विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध गर्न पुगेको बताएका थिए ।

कार्यक्रममा बोर्ण बहादुर कार्कीद्धारा विधान संशोधन प्रस्ताव, लोककृष्ण भट्टराईद्धारा राजनैतिक प्रतिवेदन प्रस्तुत र एकलाल श्रेष्ठद्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो ।

हरिहर खरेलद्धारा संचालन र शुरेस कार्कीद्धारा स्वागत मन्तव्य दिइएको सो कार्यक्रममा पुराना कम्युनिष्ट नेताहरु टेकनाथ बराल, मोहन बहादुर केसी, गोपिरमण उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

सो सभाले समाजको अध्यक्षमा लोककृष्ण भट्टराई, उपाध्यक्षहरुमा राम बहादुर भण्डारी, बोर्ण बहादुर कार्की, हस्त बहादुर केसी, नारायण शर्मा, राजेन्द्रमान श्रेष्ठ, महासचिवमा शुरेस कार्की, उपमहासचिवमा मुकुन्द आर्चाय, हरिहर खरेल, सचिवमा एकलाल श्रेष्ठ, निलकण्ठ तिवारी र कोषाध्यक्षमा श्रीहरि श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै समाजको सदस्यहरुमा देवशंकर पौडेल, उर्वादत्त पन्त, राजन तिमल्सीना, भदेश्वर शाह, केशव खड्का, श्रीमती सावित्री भट्टराई, शिवराम यादव, प्रेमशागर पौडेल, किरण मुक्तान, मिना शर्मा, चन्दा थापा र शेखर भट्टराई रहेका छन् ।

त्यस्तै समाजको सल्लाहकार समितिको अध्यक्षमा लक्ष्मीभक्त उपाध्याय रहेका छन् भने अन्य सल्लाहकारमा गोविन्द राज ज्ञवाली, केशरमणि पोखरेल, दिनानाथ शर्मा, घनेन्द्र बस्नेत सोनाम साथी, कौशल अधिकारी, हिरालाल चौधरी, मोहन केसी, झलकपाणी तिवारी, एकराज भण्डारी, रत्नमान तुलाधर, रामराज रेग्मी, हरिकृष्ण रावल, शिव भट्टराई, लोकनारायण सुवेदी , शरण विक्रम मल्ल, हिरण्यलाल श्रेष्ठ, किशोर अधिकारी, टेकनाथ बराल, रविन्द्र कर्माचार्य, देवी प्रसाद आचार्य, मानध्वज गुरुङ, रविनारायण खनाल, धनन्जय खनाल, गोपिरमण उपाध्याय, शंकर सुवेदी, पुरुषोत्तम न्यौपाने, श्याम श्रेष्ठ ओखलढुंगा, दिनेश भुसाल रुपन्देही, उम ब. सोमै पाल्पा, गजेन्द्र वापुङ राई, पुर्णचन्द्र लामिछाने, नरनाथ लुइटेल, कुशकुमार ध्वजु, गोपाल ध्वजु र गोपाल पोखरेल रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।