श्री निर्जल महादेव मन्दिर पुनः निर्माण उद्घाटन तथा भलिबल प्रतियोगिता सम्पन्न

श्री निर्जल महादेव मन्दिर पुनः निर्माण उद्घाटन तथा भलिबल प्रतियोगिता सम्पन्न

कपनअनलाइन

ओखलढुंगा,कार्तिक २५। आदित्य आले मगर/ चम्पादेवी गाउँपालिका वडा नं-१ डांसिटारको श्री निर्जल महादेब मन्दिर पुनः निर्माण तथा महिला अन्तर र पुरुष भलिबल प्रतियोगिता सम्पन भएको छ।
श्री निर्जल मन्दिर पुस्न निर्माण समितिको संयोजक एवम् सामाजिक अभियान्ता खिम आले मगरको सभा अध्यक्षतामा भएको कार्यक्रममा ओखलढुंगा प्रदेश ख प्रदेश सभा सदस्य माननीय मोहन खड्का(हिमशिखर)को प्रमुख आतिथ्यतामा तथा  चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसिको विशेष आतिथ्यमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा ओखलढुंगा जिल्ला समन्वय सदस्य निर कुमार थापा मगर,चम्पादेवी गाउँपालिका वडा नं १ अध्यक्ष कुल बहादुर श्रेष्ठ,  वडा नं २काअध्यक्ष विष्णु पुलामी मगर,पालिका सदस्य तथा वडा सदस्यहरु,चम्पादेवी गाउपालिका प्रमुख सल्लाहकार जगत प्रसाद लुइँटेल, ओखलढुंगा नेकपा जिल्ला सदस्य हरि प्रसाद घिमिरे,विभिन्न राजनीतिकदलका नेता तथा कार्यकर्ता,शिक्षक,बुद्धिजीवी,विभिन्न सघंसस्थामा आबद्ध कर्मचारी,पलापु सक्रिय आमा समुह,विभिन्न सक्रिय आमा संञ्जाल,स्वास्थ सुरक्षा विभिन्न युवा संघ र पलापुवासिहरुको सहभागिता रहेको थियो।

पलापु डांसिटारमा पर्ने निर्जल महादेव मन्दिरमा विशेषगरि कृष्ण पक्षको एघारौं तिथिमा पर्ने एकादशी (तुलसी बिबाह)दिन पुजाआजा गर्ने गर्दछ।झन्डै एक शताब्दी लामो ऐतिहासिक धार्मिक मान्यता रहेको महादेव मन्दिर एसमको(केराबारी)भन्ने ठाँउ बाट लिखु खोलामा बग्दै पलापुको टिप्पचर भन्ने बगरमा ४ वटा महादेवको मुर्ति जस्तो आकार भएको डुङ्गा एकै ठाँउमा स्थापना भै बसेको देखे पछि डांसिटारको स्थानीयहरुले पंञ्चेबाजा र डोलि सहित बदर पानी भन्ने ठाउँमा ल्याई पुर्ण रूपमा स्थापना गरि हरेक महिनाको एकादशी र हरितालिक तिजको बेलामा पुजाआजा र मेला गर्दै आईरहेको स्थानीय पुजारी लाल ब मगरले बताए।

सदियौ देखी पुजा आजा गर्दै ऐतिहासिक मान्यता रहेकोे उक्त मन्दिर भत्किदै जिर्ण अवस्था  हुँदै गएपछि पुनः निर्माणको निम्ति बर्णा देबि युवा समुह चम्पादेवी गाउँपालिका,बर्णा देवी आमा, बुवा समुह तथा देश बिदेशमा रहेका विभिन्न सहयोगिदाताहरुबाट आर्थिक रकम संकलन गरि उक्त मन्दिरको पुनः निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष खिम आले मगरले बताए। उनका अनुसार मन्दिर बनाउनको निमित्त विभिन्न ७,६,१११५ रकम खर्च लागेको बताए ।

उक्त मन्दिर उद्घाटन तथा पुरस्कार बितरण गर्दै प्रमुख अतिथि,विशेष अतिथि, वडा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका नेताहरुले आ-आफ्नो मन्तब्य राखेका थिए भने  अतिथिहरुले मन्तव्य राख्दै स्थानीय तह प्रदेश र केन्द्रसम्मका विभिन्न सामाजिक,राजनीतिक,आर्थिक,शैक्षिक,स्वास्थ,सुरक्षा,सांस्कृतिक पर्यटन,कृषि तथा अन्य समसामयिक विकास र राजनीति बिषयबस्तु बारेमा बोलेका थिए।

उक्त कार्यक्रममा  प्रमुख अतिथि माननीय मोहन खड्काले आफ्नो क्षेत्रको सम्पूर्ण बिकासको निम्ति प्रदेश सरकारबाट कुनै किसिमको कन्जुस्याइँ नभएको बताए। उनले देश बिकासको निम्ति विभिन्न राजनीतिक आग्रह र पुर्वाग्रहमा नरही राजनीतिक र पार्टीगत हिसाबले भन्दा साझेदारी हिसाबले आगाडी बढ्नुपर्ने बताए।

सो कार्यक्रममा मन्तव्य राख्दै बिशेष अतिथि चम्पादेवी गाउँपालिका अध्यक्ष नबराज केसिले आफ्नो कार्यकाल भित्रमा गाउँपालिकालाई प्रदेश नं १ कै नमुनात्मक पालिका बनाउने बताए।  उनले आफु पालिका अध्यक्षको नेतृत्वको कार्यकाल र भाबी योजना बारेमा समिक्षा गर्दै जनाताले पालिकालाई सम्पन्न बनाउन दिएको जिम्मेवार पूरा गर्न सधैं तत्पर रहेको तर प्रदेश सरकारको सौतेनी आमाको ब्याबहार भएको बताए। उनका अनुसार निर्वाचित जनप्रतिनिधिहरु यतिखेर एउटा स्वार्णिम युगमा रहेको हुदा सम्पूर्ण जनप्रतिनिधिहरुले समाज रूपान्तर को लागि अब नयाँ जोस,नयाँ सोच बिचारले नयाँ अध्यायको सुरुवात गर्नुपर्ने बताए।
सो कार्यक्रममा वडा अध्यक्षहरुले पनि मन्तव्य राख्दै आफु समाजको सर्वांगीण विकासको निम्ति सधै तत्पर रहेको बताए। त्यस्तै ओखलढुंगा नेकपा जिल्ला सदस्य हरिप्रसाद घिमिरेले पनि आफू पालिका उम्मेदवार पराजित भएपनी पालिका विकासको लागि निरन्तर रुपमा सक्रिय भैरहएको बताए।
अतिथिहरुले मन्तव्यको क्रममा पलापुका विभिन्न भौतिक र सामाजिक बिकासको निम्ति विभिन्न योजनाहरु प्रतिबद्धता गरेका छ्न।

तपाइँको प्रतिक्रिया ।