रास्ट्रिय बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग

रास्ट्रिय बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग

कपनअनलाइन

काठमाडौं,कार्तिक २२ । रास्ट्रिय बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी साताैं तहदेखि चौंथो तहसम्म विभिन्न पदमा ३३ जना कर्मचारी माग गरेको हो ।

लोक सेवा आयोगको सहमति अनुसार खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि आवेदन आह्वान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सातौं तहको नायव व्यवस्थापक देखि चौंथो तहको सहायक सम्मको पदपूर्तिको आगि आवेदन आह्वान गरेको छ । कम्पनीले मंसिर १२ गतेसम्म दरखास्त बुझाउने अन्तिम म्याद तोकेको भएपनि मंसिर १९ सम्म दोब्बर दस्तुर तिरेर फारम बुझाउन सकिने छ ।

तपाइँको प्रतिक्रिया ।