दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन तेक्वान्दो टोली थाइल्यान्ड जाने

दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन तेक्वान्दो टोली थाइल्यान्ड जाने

कपनअनलाइन

काठमाडौं,कार्तिक २२ । दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक जाँदैछन्।
ग्योरोगीको पुरुषतर्फ भिजन तामाङ, सककुमार चन्दन, किरण पनेरु, राजेश थापा, कुशल बस्नेत र साहिल गुरुङ तथा महिलामा पूजा शाह रहेका छन् । पुम्सेमा मिङमार शेर्पा तथा नन्द विष्ट छन् ।
टोली नेतामा अशोक खड्का, प्रशिक्षकमा तिलक लामा, चुलाईंविन मुखिया र गणेशकुमार पाण्डे, व्यवस्थापकमा रामेश्वर महतो तथा निर्णायकमा मीन न्यौपाने र जितसिंह लामा रहेका छन् । अशोकले निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइँको प्रतिक्रिया ।