मदन भण्डारी फाउन्डेसनद्वारा विशेष पर्वहरुको उपलक्ष्यमा शुभकामना अदान–प्रदान

मदन भण्डारी फाउन्डेसनद्वारा विशेष पर्वहरुको  उपलक्ष्यमा शुभकामना अदान–प्रदान

कपनअनलाइन

काठमाडौं,कार्तिक १८। मदन भण्डारी फाउन्डेसनद्वारा नेपालीहरुको विशेष पर्वहरु बडा दशै, तिहार, नेपाल सम्वत तथा छठ लगायत संपूर्ण पर्वहरुको उपलक्ष्यमा शुभकामना अदान–प्रदान तथा चियापान कार्यक्रम हार्दिक होटलमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेकपाका नेता बामदेव गौतमले पार्टी एकतामा अर्को शक्तिलाई पनि सम्मान गरेर जानु पर्ने बताए । सम्मान गर्नका लागि जबज र २१ औं  शताब्दीको जनवादलाई परिमार्जन गरेर पार्टीको आधिकारिक विचारधारा निर्माण गर्ने छौं । उनले भने पार्टी एकतालाई ख्याल गरेर फाउण्डेशनले मदन भण्डारीको विचारलाई अगाडि सार्नुपर्छ ।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, नेकपा केन्द्रीय सदस्य सावित्रा भूषाल, संविधान सभा सदस्यहरु, प्रतिनिधिसभा सदस्यहरु लगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले एकतापछि पनि मदन भण्डारीको विचारलाई पार्टीले अवलम्बन गर्नुपर्नेमा जोड दिईन् ।

फोटो सौजन्य:परिवर्तन खबर

तपाइँको प्रतिक्रिया ।