कैलालीमा बसको ठक्करबाट २ जना बालकको मृत्यु ,पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा बसको ठक्करबाट २ जना बालकको मृत्यु ,पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कपनअनलाइन

कैलाली,कार्तिक १५। कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  घोडाघोडी नगरपालिका वडा नम्बर ८ का १२ वर्षिया लक्ष्मण चौधरी र बर्दगोरिया गाँउपालिका वडा नम्बर १ का ८ बर्षिया अंशु चौधरी रहेका छन् । बिपरीत दिशाबाट आईरहेका बालकलाई बसले अन्य सवारी साधनलाई उछिन्न खोज्दा ठक्कर दिएको प्रहरीले जनाएको छ।  बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड अवरुद्ध पारेका छन् ।

दुवै बालकको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुलाई महेन्द्रनगरबाट काठमाडौँ गइरहेको ना७ख ६०४६ नंको यात्रुबाहक बसले साँझ ५ बजे बर्दगोरिया गाउँपालिका–१ साझाचोकमा ठक्कर दिएको थियो । यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका बालकद्वयलाई बर्दगोरिया अस्पतालले थप उपचारका लागि सिफारिश गरेको थियो । उनीहरुलाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

आफन्तले सडक अवरुद्ध पारेपछि सवारीका साधन सञ्चालन ठप्प भएको छ । सवारी साधन ठप्प भएपछि यात्रुहरु अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय बौनियाका इञ्चार्ज ध्रुव विष्टले मृतकद्वयका आफन्त विरोधमा उत्रिएको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।