अबैध VOIP संचालन गर्ने व्यक्तिहरु पक्राउ

नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरोबाट नियमित रुपमा संचालित OPERATION VOICE FOX अन्तरगत खटिएको प्रहरी टोलीले संकलन गरेको सुचनाका आधारमा मिति २०७०।०६।०१ गते तनहुँ जिल्ला , ब्यास नगरपालिका वडा नं.१० स्थित रामचन्द्र श्रेष्ठको घरमा अबैध कल बाईपास ( Illegal VOIP ) संचालन भएको तथा जिल्ला गोरखा, गोरखा न.पा. वडा नं.२ सतिपिपल भन्ने स्थानमा सूर्य बहादुर तामाङको घरमा अबैध कल बाईपास संचालनमा प्रयोग हुने बिभिन्न उपकरणहरु लुकाईछिपाई राखेको अबस्थामा बरामद गरेको छ !

प्रहरीले  अबैध कल बाईपास संचालन गर्ने र अबैध कल बाईपासमा प्रयोग हुने उपकरणहरु लुकाई छिपाई राख्ने मध्येका गोर्खा जिल्ला  ताकुमाझ लाकुरीबोट गा.वि.स.वडा नं.६ घर भएका हरि बहादुर थापाको छोरा बर्ष २५ को रामचन्द्र थापा लाई तनहुँ जिल्ला  व्यास न.पा.वडा नं.१० बाट, जि.गोरखा,भच्छेक गा.बि.स. वडा नं.५ बस्ने हरी रेग्मीलाई गोरखा,नगरपालिका. गोरखा वडा नं.२ सतिपिपल बाट र लमजुङ जिल्ला, बिचौर गा.बि.स. वडा नं. २ बस्ने भोजराज दवाडी र गोरखा जिल्ला, खरिबोट गाविस  वडा नं. ४ बस्ने युबराज तामाङ दुबैजना भागी काठमाण्डौ उपत्यकामा लुकीछीपी बसेको भन्ने सूचनाको आधारमा उनीहरू  दुबैको खोजतलास गरी दुबैलाई काठमाण्डौं जिल्ला  मनमैंजु गाविस  वडा नं.५ बाट समेत गरी जम्मा ४ जना अबैध कलका संचालकहरु पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ  ।

उल्लेखित स्थानहरुमा उनीहरुले  संचालन गरेको अबैध कल बाईपास र लुकाई छिपाई राखेको अबैध कल बाईपास मा प्रयोग हुने सामग्रीहरुपनि   ब्यूरोबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जनाएको  छ ।

[heading size=”4″]जि.तनहुँ ब्यास न.पा.मा बरामद भएका उपकरणहरु:-[/heading]

1. HP Pavillon Laptop थान – २
2. Smart Cell सिम थान- ५५२
3. 8 GB को Toshiba पेन ड्राईभ थान- २
4. 16 port को GOIP Device थान- २
5. Tplink,Digicom र Tenda नामको राउटर थान- ३
6. Starplus लेखिएको १२v को ब्याट्री थान- १
7. Icon लेखिएको Inverter थान -१
8. Engenius लेखिएको Canopy थान-१

[heading size=”4″]जि.गोरखा,गोरखा न.पा.२ सतीपिपलमा बरामद उपकरणहरु[/heading]

१. Laptop थान – २
२. Smart Cell सिम थान- २५६
३. 4 port को GOIP Device थान- ६
४. राउटर थान- ३
५. ब्याट्री थान- १
६. Inverter थान -१
७. Canopy थान-२

तपाइँको प्रतिक्रिया ।