युवाले चाहे भने जस्तोसुकै परिवर्तन पनि सम्भव छ : राजु सुनार (नेपाल दलित बिद्यार्थी संघ केन्द्रीय अध्यक्ष)

युवाले चाहे भने जस्तोसुकै परिवर्तन पनि सम्भव छ : राजु सुनार (नेपाल दलित बिद्यार्थी संघ केन्द्रीय अध्यक्ष)

कपन अनलाइन

काठमाडौं कार्तिक ८ गोकर्णेश्वर नगरपालिकामा रहेको  नेपाल सक्रिय तथा सिर्जनशील युवा समुह आरुबारी काठमाडौं  द्वारा  देश परिवर्तनमा  युवा  सक्रियता भन्ने नाराको साथमा आयोजित तिहर विशेष साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। बिहिबार आरुबारी चोकमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री माननीय मीन बिश्वकर्मा रहेका थिए भने  विशेष अतिथीको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसे  गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एबम गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल  ,नेपाली कांग्रेसका कान्छा महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनार, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि उस्पर सुनार  युवा परिचालक पाल्देन लामा र दिक्पाल श्रेष्ठ  समाजसेवी प्रमि शेर्पा, नेपाल सक्रिय तथा सिर्जनशील युवा समुहका पदाधिकारीलगायत स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि प्रतिनिधि तथा नेपाल दलित बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनारले आयोजकलाइ धन्यवाद दिदै आउदै गरेको तिहार नेपाल संवत छठ लगायतको पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।उनले नेपाल सक्रिय तथा सिर्जनशील युवा समुह भर्खरै संचालन भए पनि सक्रिय रहेको बताए उनले राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधै अग्रणी रहँदै आएको बताउदै   युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति भएको बताए  ।

नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको भूमिका कुनै न कुनैरूपमा रहँदैआएको छ  उनले भने , युवा देशका कर्णधार हुन् तर देशको अन्योलपूर्ण परिस्थितिले गर्दा आज नेपाल लगभग युवाशून्य देश बन्दै गएकोमा पनि चिन्ता ब्यक्त गरेका थिए उनले  २१ औ सताब्दीमा आइपुग्दा पनि  हिजो देखि भन्दै  आएको आजको आवश्यकता युवा नेतृत्व भन्ने नारा आज पनि त्यहि नारा भन्न बाध्य रहेको बताए ।उनले जब सम्म  युवाहरुले नेतृत्व  सम्हाल्ने  अवसर प्राप्त गर्दैन  तब सम्म समाज परिवर्तन , सम्बृद राष्ट्र निर्माण को अभियान अभियानमा  मात्र सिमित नहोस भन्न को लागि युवाहरुलाई नेतृत्व प्रदान गर्नु पर्ने बताए।

उनले  देशको समग्र विकासको निम्ति राजनीतिक दलका युवा लागि नपर्दासम्म केही हुँदैन भन्दै   युवाले चाहे भने जस्तोसुकै परिवर्तन पनि सम्भव रहेको बताए ।उनले समाजको सबैभन्दा गतिशील पुस्ता नै युवा भएको बताउदै  उसको सहभागिता विना देशको जीवन मेरुदण्डविनाको मानव शरीरजस्तै हो, उनले भने।उनले   बोल्दा  युवा चाहिन्छ भन्ने, तर व्यवहारमा युवालाई पिछट्ने परिपाटी राजनीतिक सामाजिक  सबै  वृत्तमा सहजै देखिने भन्दै त्यसको अन्त्य हुन जरुरि रहेको पनि बताए  ।

तपाइँको प्रतिक्रिया ।