नेपाल सितोरियो कराते संघ, शाखा डोजो उत्तर बाहिनीले पदक बिजेता खेलाडीलाइ नगद सहित सम्मान गर्यो

नेपाल सितोरियो कराते संघ, शाखा डोजो उत्तर बाहिनीले पदक बिजेता खेलाडीलाइ नगद सहित सम्मान गर्यो

कपन अनलाइन

काठमाडौँ, कार्तिक ८ ।नेपाल सितोरियो कराते संघ, शाखा डोजो उत्तर बाहिनीले मित्र राष्ट्र बेलारुसमा कार्तिक १ र २ सम्पन्न गोमेल कप अन्तरराष्ट्रिय चाम्पियनशिप २०१९ मा ऐतिहासिक सफलता हासिल गर्ने खेलाडी रेफ्री तथा अफिसियलहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । ईन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको  प्रदेस नं ३ का सांसद माननीय  रामेश्वर फुयालको   प्रमुख अतिथ्यता रहेको   सो  कार्यक्रममा विशेष अतिथिहरुको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,समाज सेवी न्हुछेनारायण श्रेष्ठ, प्रेमलाल श्रेष्ठ  लगायत खेल प्रेमी खेलाडीहरुको उपस्थिति रहेको थियो।

मित्र राष्ट्र बेलारुसमा कार्तिक १ र २ सम्पन्न गोमेल कप अन्तरराष्ट्रिय चाम्पियनशिप २०१९ मा उक्त शाखा डोजोका खेलाडीहरुले निम्न वमोजिमको पदक जित्न सफल भएका थिए।  ग्याल्मो सोमिका लामा- स्वर्ण-१,  पासाङ तामाङ – रजत-१,  बिशाल के सि – कास्य-१ सन्जिब तामाङ-कास्य-१ बिश्वास हायु- कास्य-१ रोशन खाती- कास्य-१ सनजना माझीता कास्य पदक प्राप्त गरेका थिए।

 शाखा डोजो उत्तर बाहिनीले बिजेता खेलाडीहरु र रेफ्री अफिसियललाई डोजोको तर्फबाट  कार्तिक ७ गते विहान बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा डोजोले  स्वर्णपदक प्राप्त गर्ने  ग्याल्मो सोमिका लामालाइ नगद रु.१५हजार , त्यसै गरि रजत पदक प्रप्त गर्ने   पासाङ तामाङलाइ नगद रु १० हजार  त्यसै गरि कास्य पदक प्राप्त गर्ने  बिशाल के सि सन्जिब तामाङ बिश्वास हायु  , रोशन खाती  सनजना माझी लाइ नगद रु ५ हजार सहित र खेलाडी तथा रेफ्री, अफिसियल सबैजनालाई प्रमाण पत्र सहित सम्मान गरेको हो थियो। कार्यक्रममा बोल्ने बक्ताहरुलेप्रशिक्षक छोनाम लामाको नेतृत्वमा गएको सम्पूर्ण टिमलाई नेपालको गरिमा शान विश्वमा चिनाउन सफल भएकोमा बधाईदिदै  तथा आगामी दिनहरुमा पनि सफलताको शुभकामना ब्यक्त गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।