व्याकुल माईला गोल्ड कपको उपाधि नयाँ नेपाल सरोकार समाजलाई

व्याकुल माईला गोल्ड कपको उपाधि नयाँ नेपाल सरोकार समाजलाई

कपन अनलाइन

ओखलढुंगा ,कार्तिक ८।

 व्याकुल माईला गोल्ड कपको उपाधि नयाँ नेपाल सरोकार समाजले जितेको छ । ज्वालामुखी युवा क्लव हर्कपुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै समाजले ओखलढुंगामा सम्पन्न वयाकुल माइला गोल्ड कपको ८ औँ संस्करणको उपाधि जितेको हो । उपाधि विजेता नयाँ नेपाल सरोकार समाज आयोजक टिम हो ।

जित संगै विजेता टिमले नगद रु एक लाख ५० हजार सहित शिल्ड जितेको छ । यस्तै उपविजेता ज्वालामुखी युवा क्लवले ८० हजार जितेको छ । समाजलाई जितका लागि सविन केसीले तिनै गोल गरेका थिए । प्रतियोगितामा दिलकर्ण बेष्ट अवार्डको १० हजार रुपियाँ पुरस्कार वेष्ट टिम काठमाडौं एफसीलाई प्रदान गरिको छ । उत्कृष्ट खेलाडीको उपाधि मानस राईलाई प्रदान गरिएको छ ।
उदयमान खेलाडीको उपाधि हिलेपानी फुटबल क्लबका क्षितिज राईलाई प्रदान गरिएको छ । सर्वाधिक गोलकर्ता सविन केसी नयाँ नेपाल सरोकार समाजका खेलाडि भएका छन् ।

उनले खेल अवधिमा आठ गोल गरेका थिए । उत्कृष्ट डिफेन्डर सुमन राई (ज्वालामुखी युवा क्लब), उत्कृष्ट गोल रक्षक जङ्गीबहादुर आले मगर (नयाँ नेपाल सरोकार समाज)लाई प्रदान गरिएको व्याकुल माईला गोल्ड कप समारोह समितिका सहसचिव पविरास राईले जानकारी दिए ।फोटो सौजन्य :भिजन डट ओआरजी

तपाइँको प्रतिक्रिया ।