काठमाडौं महानगरपालिका वडा नं १५ मा रहेको ऐतिहासिक महत्व बोकेको धिमेलोह
कपन अनलाइन
काठमाडौ,फागुन ३ ।
काठमाडौं महानगरपालिका वडा नं १५ मा रहेको ऐतिहासिक धिमेलोह पौराणिक महत्व बोकेको स्थल हो ।काठमाडौं उपत्यकामा मनाइने गुँला पर्व संग ऐतिहासिक रुपमा जोडिएको यस स्थानलाई स्थानीयहरुले निकै महवका साथ लिने गरेका छन ।
किम्बदन्तीका अनुसार मन्जुश्रीले काठमाडौं उपत्यकामा मानव बस्ती बसाए पछी त्यहाँ एक समय निकै लामो समय सम्म पानी नपर्दा बायुमण्डलमा ध्वनी का मध्यम बाट कम्पन गराउन बाजा गाजा सहित स्थानीय हरुले यो पर्व मनाएका थिए ।
त्यसै पर्व मनाउने क्रममा एक स्थानीयले हाल धिमेलोह रहेको स्थानमा बाजा सहित आइपुग्दा आफुले स्नान नगरेको सम्झिए पछी सो स्थानमा रहेको पोखरीमा स्नान गरेर बाहिर आउदा धिमे बाजा ढुंगामा परिणत भएको देखे पश्चात देखि सो स्थानमा हाल सम्म सो धिमे बाजाको ढुंगा स्वरुपलाई पुजा गर्दै आएको संयुक्त क्लवका पुर्व अध्यक्ष ज्ञानेन्द्र रत्न बज्राचार्यले बताए ।
यस क्षेत्रमा स्वयम उत्पन भएको मानिने स्वयम्भुनाथ लगायत अन्य पौराणिक धार्मिक स्थलहरु पनि रहेकाले यो धिमेलोहलाई सम्पदा मार्गको महत्वपूर्ण स्थलको रुपमा विकास गरिने संयुक्त क्लवका सचिव निरज श्रेष्ठले बताए।
फोटो सौजन्य :राजेन्द्र चित्रकार