बाघको आक्रमणबाट ६ वर्षीय बालक मृत्यु
कपन अनलाइन
तनहूँ, २ फागुन। भक्तपुरमा बाघको आक्रमणबाट ६ वर्षीय एक बालकको मृत्यु भएको खबर सेलाउन नपाउँदै तनहुँमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
तनहुँ जिल्ला भानु नगरपालीका ३ दोरदोरटार निवासी विरेन्द्र श्रेष्ठको ६ वर्षीय छोरा विशाल श्रेष्ठको बाघको आक्रमणबाट गएराती निधन भएको हो ।
माध १ गते शिवरात्रीका दिन बेलुका ६ वजे मामघर वाट फर्कदा बाघको आक्रमणामा परेका बालकको खोजी गर्ने क्रममा राती ११ बजे विष्णुबहादुर जोशीको खरबारीमा बालकको शव मृत अवस्थामा भेटिएको स्थानीय बासिन्दा शंकर न्यौपानेले बताए ।
उक्त घटनापछि स्थानीयहरु त्रासमा छन् । बालकको शव प्रहरीले पोष्टमार्टमका लागि दमौली जिल्ला अस्पताल लगेको छ ।
तपाइँको प्रतिक्रिया ।