युरोपियन च्याम्पियन्स लिगको प्रि-क्वाटर फाइनल आज देखि सुरु

युरोपियन च्याम्पियन्स लिगको प्रि-क्वाटर फाइनल आज देखि सुरु

कपन अनलाइन

काठमाडौं, १ फागुन । मंगलबार राति घरेलु मैदानमा म्यान्चेस्टर सिटीले स्विस क्लब बसेलसँग खेल्दैछ। नियमित ७ सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाएको सिटी दुई पटक समूह चरणबाट बाहिरीएको थियो भने तीन पटक अन्तिम १६ र एक पटक सेमिफाइनलबाट आउट भएको थियो।

तर यो सिजनमा राम्रो फर्ममा रहेको सिटीले तुलनात्मक रुपमा कमजोर मानिएको बसेलसँग प्रिक्वाटरफाइनल खेल्दैछ। पछिल्ला १० सिजनमा बार्सिलोना र रियाल मड्रिडले तीन तीन पटक र बार्यन म्युनिखले एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

मंगलबार राति नै हुने अर्को खेलमा उपाधिको दावेदारमा पर्ने यूभेन्टसले घरेलु मैदानमा इग्लिस क्लव टोटनह्यामसंग खेल्नेछ। तर युभेन्टसलाई यसपटक खेलाडीको चोटले निकै सताएको छ। मिडफिल्डर ब्लेइसी मातुइदी र स्ट्राइकर पाउलो डेबाला तथा गोलकिपर बुफोन पुर्ण रुपमा फिट छैनन ।

टोनह्यामका लागि मुख्य चुनौती युभेन्टसको डिफेन्सलाई तोड्नु हुनेछ। युभेन्टसले पछिल्ला १६ खेलमा एक गोलमात्र खाएको छ। टोटनह्यामका लागि हेरी केनको प्रदर्शन मुख्य हुनेछ।

तपाइँको प्रतिक्रिया ।