तारकेश्वर नगरपालिका वडा नं ५ मा सार्बजनिक जग्गा संरक्षण अभियान सुरु
कपन अनलाइन
काठमाडौ, फाल्गुन १ ।
तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगाले सार्बजनिक जग्गा संरक्षण अभियान सुरु गरेको छ। वडा नं ५ का वडा अध्यक्ष बासुप्रसाद गौतमले नगरपालिकाको योजना अनुसार वडा भित्र रहेका सार्बजनिक जग्गा नाप जांच गरि संरक्षण गर्न लागिएको बताए । तारकेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य अनन्त आचार्यको नेतृत्वमा हिजो बाट उक्त काम सुरु भएको छ ।
नापी कार्यलयको सहयोगमा नगरपालिकाको इन्जीनियर,अमिनी,स्थानीय जन समुदायको सक्रियतामा सार्बजनिक जग्गा छुट्टयाई साँध किला लगाउने कार्य सम्पन्न भएको छ।उक्त नाप जाच पछि वडाको घट्टे पाखामा १० रोपनी,वडा कार्यलय परिसरको ३ रोपनी,जग्गामा नापजाँच गरि सार्बजनिक जग्गा छुट्टयाई साँध किला लगाउने कार्य सम्पन्न भएको थियो ।
घट्टे पाखामा पार्क बनाउने र वडाको सम्पूर्ण पर्ती जग्गाको सिमांकन गरि कम्पाउण्ड लगाइ आवश्यकता हेरी संरक्षित जग्गाको सदुपयोग गर्ने वडाको योजना रहेको वडा सदस्य अनन्त आचार्यले कपन अनलाइन लाइ बताए ।