प्रदेश नं. ३ मा तीन सदस्यीय मन्त्रिपरिषद गठन
कपन अनलाइन
हेटौडा,माघ २९ ।
प्रदेश नं. ३ मा तीन सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमालेका केशव स्थापित र माओवादी केन्द्रका शालिकराम जमरकट्टेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
दुवै मन्त्रीले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट पद तथा गोपनियताको सपथ लिएका छन् । जमरकट्टेलले आन्तरिक मामिला तथा कानूनमन्त्रीको सपथ लिएका छन् भने स्थापितले भौतिक पूर्वाधार विकास मन्त्रीको सपथ लिएका छन् ।
प्रदेश तीनमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने एमाले र माओवादीको तयारी छ । हिजो मुख्यमन्त्रीको नियुक्ती संगै आज मन्त्रीहरु नियुक्ति भएको हो ।
तपाइँको प्रतिक्रिया ।