प्रथम केब्स अन्तर बिद्यालय केब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधी बाबा बोडिंग,नव ज्योति स्कुल र युनिभर्सल स्कुलले जिते

प्रथम केब्स अन्तर बिद्यालय केब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधी बाबा बोडिंग,नव ज्योति स्कुल र युनिभर्सल स्कुलले जिते

कपन अनलाइन 

काठमाडौ, माघ २९।

काठमाडौ का मा पा ६ बौद्ध टुसालमा स्थित कुमारी आवसीय माध्यामिक बिद्यालय (केब्स) ले आयोजना गरेको प्रथम केब्स अन्तर बिद्यालय केब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको खेलमा  जुनियर ब्याइजमा बाबा बोडिंग स्कुल,  सिनियर ब्याइजमा नव ज्योति स्कुल र  सिनियर गर्ल्समा युनिभर्सल स्कुलले प्रथम केब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको फाइनल खेलको उपाधी जितेका छन ।

आज सम्पन्न फाइनल खेलमा जुनियर ब्याइज तर्फ बाबा बोडिंग स्कुलले नव ज्योति स्कुललाई १०-८ ले पराजित गरेको छ। सिनियर ब्याइजको खेलमा नव ज्योति स्कुलले आयोजक कुमारीलाई १४-१२ स्कोरले पराजित गर्दै प्रथम भयो ।

आजै सम्पन्न सिनियर गर्ल्सको खेलमा युनिभर्सल स्कुलले बाबा बोडिंग स्कुललाई ९-८ ले पराजित गर्दै प्रथम भएको छ ।

उक्त फाइनल खेलमा जुनियर ब्याइजमा बाबा बोडिंगका जाम्लिंग शेपा, सिनियर ब्याइजमा  नव ज्योति स्कुलका अभिषेक सिंह र  सिनियर गर्ल्समा युनिभर्सल स्कुलकी संगीता फुयाल उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

फाइनल बिजेता खेलाडीहरु र कोचलाई  कुमारी आवसीय माध्यामिक बिद्यालयका प्रिन्सिपल मनोज भट्टराई, सहायक प्रिन्सिपल सुरेस भट्टराई,परिक्षा संयोजक नबिन बज्र लामा र कोडीनेटर हेमन्त पराजुलीले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रम संचालन केब्स अन्तर बिद्यालय केब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताका संयोजक शम्भु कार्कीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।