तेश्रो लायन्स मल्टिपल डिस्ट्रिक फेस्टिभलको पुर्व सन्ध्यामा बृहत मोटर र्याली हुने

तेश्रो लायन्स मल्टिपल डिस्ट्रिक फेस्टिभलको पुर्व सन्ध्यामा बृहत मोटर र्याली हुने

कपन अनलाइन

काठमाडौं, माघ २९।

लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ ए १, ए२, बी १ र बी २ को आयोजना र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को प्राविधिक सहयोगमा काठमाडौं देखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली आयोजना गरिने भएको छ।

आगामी फागुन ३ गते काठमाडौंबाट प्रारम्भ हुने र्यालीमा कुल १ सय १ कारको सहभागिता रहने मोटर र्यालीका  प्राविधिक संयोजक तथा डिष्ट्रिक्ट ३२५ ए १का जोन चेयरपर्सन मधु सूदन सिग्देलले कपन अनलाइनलाइ बताए ।

काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने र्याली  बनेपा, सिन्धुली, बर्दिबास, लहान, इटहरी हुँदै बिराटनगर पुग्ने   छ। तेश्रो लायन्स मल्टिपल डिस्ट्रिक फेस्टिभल यहि फागुण ५ गते बिराटनगरमा हुने भएको छ । लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ले गर्न लागेको उक्त फेस्टिभलमा विभिन्न कार्यक्रमहरु हुने छन।

बिराटनगरमा हुने कार्यक्रममा हाजिरी जवाफ, फुटवल प्रतियोगिता, भलिबल प्रतोयोगिता, टग अफ वार, ब्याडमिन्टन प्रतियोगिता, चेस प्रतियोगिता आदि  हुने छ भने  सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ । त्यसैको पुर्वसन्ध्यामा उक्त मोटर र्याली आयोजना गर्न लागिएको हो।

लायन्स मल्टिपल काउन्सिल चेयरम्यान बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा मोटर र्याली  सुरु  हुनेछ भने  लायन्स फेस्टिभललाई सहयोग पुगोस् भन्ने उद्देश्यले र्यालीको आयोजना गर्न लागिएको हो । यसबाट सडक सुरक्षा सम्बन्धी सकारात्मक सन्देश समेत प्रवाहित हुने  र्यालीका  संयोजक तथा  ३२५ ए १ का रिजन चेयर पर्सन किशोर भट्टराईले बताए ।

एउटा कारमा बढीमा ४ जना सहभागी हुनेछन् । लक्की ड्रमार्फत र्यालीमा सहभागीहरु मध्येबाट टर्किस एयरलाइन्सले अमेरिका भ्रमणको अफर उपलब्ध गराउने भएको छ। लायन्सले सन् २०१७–२०१८ लाई सेन्टेनियल इयरको रुपमा मनाउदै छ ।

लायन्सका लागि बिराटनगर ऐतिहासिक स्थल समेत हो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा बिराटनगरबाटै नेपालमा लायन्सको स्थापना भएको थियो । यसकारण पनि यस पटकको लायन्स मल्टिपल फेस्टिभल विशेष महत्वको रहेको लायन्सहरुको भनाइ छ ।

 

तपाइँको प्रतिक्रिया ।