बुढानिलकण्ठमा शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र व्यवस्थापन समिति गठन

बुढानिलकण्ठमा शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र व्यवस्थापन समिति गठन

कपन अनलाइन

काठमाडौ,माघ २९।

बूढानिलकण्ठ नगरपालिका अन्तर्गत रहेको बूढानीलकंठ स्वास्थ्य चौकी स्तरोन्नति गरि शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा रुपान्तरण भएकाले नेपाल सरकारको निर्देशन बमाेजिम यस अधिकाे अवस्थामा रहेको स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति बिगठन गरि शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र व्यवस्थापन समिति गठन गरिएको छ।

स्थानिय तहमा निर्वाचन भए पश्चात सम्बन्धित वडा नं ३ काे अध्यक्ष श्रीबालकृष्ण श्रेष्ठ काे अध्यक्षतामा ताेकिए बमाेजिमकाे ११ सदस्य भएको समिति गठन गरिएको स्वास्थ्य चौकीका इन्चार्ज बबिता खनालले बताइन।

उक्त समितिमा संरक्षककाे रुपमा नगर प्रमुख र नगर उप प्रमुख रहने व्यवस्था रहेको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलकाे प्रमुख अातिथ्यता र उपप्रमुख रमा राई बिशेष उपस्थितीमा भएको यस बैठकमा नगर प्रमुखले विगत भन्दा चुस्त र‌ गुनस्तरिय सेवा प्रवाहका लागि यस समितिले सक्रिय भूमिका निभाउन सुझाव दिएका थिए। उनले  विगतमा पनि व्यवस्थापन समितिका अध्यक्षकाे अनुभव प्राप्त नव निर्वाचित अध्यक्षले अागामी दिनमा यस स्वास्थ्य चाैकि बाट दिइने सेवा लगायत सम्बन्धित सम्पूर्ण कार्यमा सक्रिय सहयोग गर्ने र अागामी दिनमा यस सम्बन्धमा सबैले परिवर्तन काे महशुष गर्न सक्ने कुरामा अाफ्नाे प्रतिबद्धता ब्यक्त गरे ।

यस बैठकमा बिभिन्न महत्वपूर्ण निर्णय हरु गरिएकाे छ। बूढानिलकण्ठ नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य गतिबिधिहरु जानकारी गराउदै जनस्वास्थ्य संयाेजक भवानी दहालले याे शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र लाई सबै काे सहयाेग भए नेपाल कै नमूना बन्न सक्ने अाफुले अनुभूति गरेकाे बताइन।

तपाइँको प्रतिक्रिया ।