नेपालद्वारा युएई ४ विकेटले पराजित

नेपालद्वारा युएई  ४ विकेटले पराजित

कपन अनलाइन 

काठमाडौं, माघ २९।

नामिबियाको युनाइटेड ग्राउण्डमा टस हारी ब्याटिंग गरेको युएईले  ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन जोडेको थियो। ११५ रनको लक्ष्य पछ्याएको नेपालले २८.५ ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाउदै जित हासिल गरेको हो । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा  नेपालले  युएईलाई ४ विकेटले पराजित भएको छ ।

नेपालकाे जितका लागि कप्तान पारस खड्काले  ४८ बलमा ‍‍५ छक्का र २ चौका सहित ५१ रन जोडेर अर्धशतक बनाउन सफल भए ।ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो ।

बलिङमा उत्कृष्ठ प्रदर्शन गरेको नेपालले ब्याटिङमा भने खराब सुरुवात गर्‍यो । नेपालले दुई ओपनरलाई सस्तैमा गुमायो दिलीप तेस्रो तथा ज्ञानेन्द्र चौथो ओभरमा आउट भएका थिए। दिलीप नाथ २ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ५ रन बनाएर पेभेलियन फर्किए । दीपेन्द्र सिंह ऐरी पनि ४ रनमा बोल्ड भए त्यस्तै शरद भेषावकर ३ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा परे । रोहितकुमार पौडेलले नटआउट १२ रन र सोमपाल कामीले नटआउट १० रन जोडे । युएईका मोहमद नाभिदले २ विकेट लिए भने रोहान मुस्ताफा र अमिर हायतले १-१ विकेट हात पारेका थिए ।

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाएका थिए। युएईलाई अल आउट गर्ने नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए ।

तपाइँको प्रतिक्रिया ।