नेपाली तथा भारतीय नक्कली नोट सहित दुई ब्यक्ति पक्राउ

नेपाली तथा भारतीय नक्कली नोट सहित दुई ब्यक्ति पक्राउ

कपन अनलाइन 

सिराहा, माघ२८ ।
नरहा गाउँपालिका–२ का रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिकाका  महेशकुमार यादवलाई प्रहरीले १ हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र २ हजार दरको ३ वटा नक्कली भारतीय रुपैयाँ सहित  प्रहरीले पक्राउ गरेको छ ।

नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज.५प ६२०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।