पिएसजी ले टुलुसलाई १-० ले पराजित

पिएसजी ले टुलुसलाई १-० ले पराजित

कपन अनलाइन 

एजेन्सी, २८ माघ ।फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मन (पिएसजी) ले टुलुसलाई १-० ले हराएको छ । पिएसजीको जितमा फरवार्ड नेयमारले निर्णायक गोल गरेका थिए ।

पिएसजी अघिकांश खेलभरी घरेलु टोली टुलुसमाथि हावी रहे पनि गोल गर्न संघर्ष गरिरहेको थियो । पहिलो हाफ गोलरहित सकिए पनि नेयमारले दोस्रो हाफमा १ गोल गर्दै टोलीको जित सुन्निश्चित गरेका थिए ।

नेयमारले खेलको ६८ औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे । यस जितसँगै पिएसजी लिग १ को शीर्ष स्थानमा १२ अंकले अगाडि रहेको छ । त्यस्तै टुलुस भने १५ औं स्थानमा रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।