वर्षा र प्रशान्तले छाडे फिल्म ‘रानीमहल’ कारण यस्तो !
कपन अनलाइन
काठमाडौं, २८ माघ । निर्माण हुने भनिएको लामो समयसम्म कलाकार नपाएर छायांकन सुरु हुन नसकेको चलचित्र ‘रानीमहल’को निर्माण यूनिट फेरि समस्यामा परेको छ । यो चलचित्रका मुख्य दुई कलाकारले छाडेपछि चलचित्रको निर्माण यूनिट तनावमा परेको हो । चलचित्रका मुख्य आकर्षण कलाकार प्रशान्त ताम्राकारले छाडेका छन् ।
उनले, चलचित्र छाडेको केहि समयमै नायिका बर्षा सिवाकोटीले पनि छाडेकी छिन् । दुबै कलाकारले छाडेपछि यसको निर्माणपक्ष फेरि उनीहरुको ठाउँमा नयाँ कलाकारको खोजीमा लागेको छ ।
नायिका सिवाकोटीले करिब ७ महिना चलचित्रका लागि कुरेकी थिइन् । तर, घोषणा भएको केहि समय बितिसक्दा पनि छायांकनमा चलचित्र जान नसकेपछि उनले छाडेको बताइन् । उनले, चलचित्रको संझौता रकम पनि फिर्ता गरेको बताइन् । यसरि, मुख्य दुई कलाकारले नै छाडेपछि ‘रानीमहल’को छायांकन अब कहिलेबाट सुरु हुन्छ भन्न सकिदैन ।