काठमाडौं महानगरकाले जनप्रतिनिधि र कर्मचारीलाई सूर्तिजन्य पदार्थको प्रयोगमा रोक लगायो

काठमाडौं महानगरकाले जनप्रतिनिधि र कर्मचारीलाई सूर्तिजन्य पदार्थको प्रयोगमा रोक लगायो

कपन अनलाइन 

काठमाडौ,माघ २२।

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई सूर्तिजन्य पदार्थको प्रयोगमा रोक लगाउने भएको छ । धुम्रपान र सूर्तिजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य, वातावरणमा हानी पुर्याउने  तथा सामाजिक, आर्थिक, सांस्कृतिक र सामाजिक क्रियाकलापमा प्रत्यक्ष असर पु¥याउने भएकोले नगरबासीको स्वास्थ्य रक्षा र वातावरणीय सुरक्षाका लागि यस प्रकारको कार्यक्रम अघि सारिएको सूर्तिजन्य पदार्थ नियमन निर्देशक समितिले जनाएको छ ।

समितिको सोमबारको वैठकले आगामी १८ महिनाको कार्ययोजना निर्माण गर्ने, अभियानमा सरोकारवाला सवैलाई सहभागी गराउनेसमेत निर्णय गरेको छ । महानगरको सूर्ति नियमन अभियानमा वुलुम्वर्ग फिलानटोपिज र भाइटल स्ट्राटेजीले सहयोग गर्नेछन् ।

 महानगरका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित सूर्तिजन्य पदार्थ नियमन समितिमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, महानगरका वरिष्ट जनस्वास्थ्य प्रशासक विश्वराम शर्मा, महानगरीय प्रहरी परिसरका प्रमुख रविन्द्रबहादुर धानु, नगर प्रहरी महाशाखा प्रमुख विष्णुप्रसाद जोशी, सदस्य हुनुहुन्छ भने समितिको सदस्य सचिवमा सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ रहेका छन ।

फोटो/समाचार सौजन्य :काठमाडौं अनलाइन (चन्द्रमणी भट्टराई )

तपाइँको प्रतिक्रिया ।