गोकर्णेश्वर नगरपालिकामा ७ दिने डकर्मी तालिम सुरु

गोकर्णेश्वर नगरपालिकामा ७ दिने डकर्मी तालिम सुरु

कपन अनलाइन

काठमाडौ, माघ २२ ।

गोकर्णेश्वर नगरपालिकाको सभा हलमा राष्ट्रिय पुन:निर्माण प्राधिकरणको सहयोग र घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा  आज बाट सात दिने डकर्मी रि- फ्रेसर तालिमको सुभारम्भ भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका का प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल रहेकी थिइन्।

कार्यक्रममा इन्जिनियर,  प्रशिक्षक ,प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सभाध्यक्षता गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला गरेका थिए कार्यक्रमका प्रशिक्षक कुसुम देबीले कार्यक्रमको औचित्यको बारेमा प्रस्ट पारेकी थिइन ।

कार्यक्रमको सुभारम्भ गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले  पुननिर्माणमा दक्ष जनशक्तिको कमि भयो र त्यसै शिलशिलामा पुन:निर्माण  प्राधिकरणले कार्यक्रमको लागि साना घरेलु उद्योग  विकास समिति संग मिलेर कार्यक्रम ल्याएको बताएका थिए।

उनले यो ठुलो अवसर भएको दक्ष हुनको लागि मौका पाएको बताउदै प्रशिक्षकहरुले सात दिन पूर्ण उपयोग गर्दै दक्ष जनशक्ति बनाउन प्रयास गर्न अनुरोध गरेका थिए। साथै उनले प्रशिक्षार्थीहरुलाई सिकेको ज्ञान अनुभबलाइ ब्यबहारमा उतार्न अनुरोध गरेका थिए ।

सोहि कार्यक्रममा बोल्दै  गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपालले सिक्न आएको शिपलाई ध्यान पूवक ग्रहण गरेर ब्यबहारमा लागु  गर्न अनुरोध गरेकी थिइन्। उनेल एक हप्ताको रि-फ्रेस तालिम ध्यान पुर्वक सिकेर जान्न को लागि कोसिस गर्न अनुरोध बताएकी थिइन्। सिके पछि आ आफ्नो ठाउमा गएर गोकर्णेश्वर नगरपालिका संग समन्वय गरेर आफ्नो आय आर्जन बढाउनु हुनेछ भन्ने बिश्वास ब्यक्त गरेकी थिइन।

उनले शिप सिके पछि जति पनि सहभागी भएका छन् आफ्नो ठाउमै काम गर्न अनुरोध गरेकी थिइन्। उनले विदेश जाने चलन धेरै बह्येको बताउदै डकर्मी तालिम लिए पछि नेपालमै तालिमले धेरै रोजगारी सिर्जना गर्नेछ  भन्ने बिस्वास ब्यक्त गर्दै शुभकामना दिएकी थिइन्।सभाध्यक्ष को आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले

यो २१ औ सताब्दीको युग भएको र त्यसमा तीन चिज आवश्यक रहेको बताएका थिए। उनले ज्ञान शिप क्षमता त्यस मध्यको शिप बिकास गर्ने उदेश्यले सात दिने तालिम आयोजना गरेको बताएका थिए ।यो तालिमले आफ्नो आय आर्जनले आर्थिक सामर्थ्यता अभिवृद्धि गर्ने हिसाबले महत्वपूर्ण तालिम रहेको बताएका थिए।

घरेलु विकास समितिले स्थानीय तह मार्फत नै यो डकर्मी तालिम अगाडी बढाउनुको केहि मान्यता रहेको बताए। जस्तै स्थानीय तहले घर जग्गा नक्सा पास गर्छ त्यो घर जग्गा नक्सा पास गर्ने क्रममा अहिले जो घर धनि हो उनीहरुले  तालिम प्राप्त डकर्मीहरु संग मात्र सम्झौता  गरेर मात्र घर जग्गा पास हुने नीति अख्तियार गर्न लागेको बताए ।

त्यसैले यो तालिम महत्वपूर्ण रहेको बताए उनले सातदिने तालिम अवधिलाई पूर्ण उपयोग गर्न अनुरोध  गरेका थिए।  उनले प्राबिधिक सहायताको लागि नगरपालिकाको इन्जीनियरहरु रहेको बताए प्रशिक्षक ले सैदान्तिक बिषय संग संगै फिल्ड मा ब्यबहारिक ज्ञान प्रयोगात्मक ज्ञान समेत दिइने बताउदै तालिम सफलताको शुभकामना दिएका थिए ।कार्यक्रमको फोकल पर्सनको रुपमा नगरपालिकाले अजिता कपालीलाइ तोकेको छ ।उक्त कार्यक्रम संचालन मिनराज खड्काले गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।