रास्ट्रिय निकुन्जको सहयोग विना निकुन्ज भित्रका बस्तीमा विकास गर्न अफ्ट्यारो छ : सन्तोष चालिसे
कपन अनलाइन
काठमाडौँ,माघ २२ ।
शंखरापुर नगरपालिकामा रहेको साक्वा रिसोर्टमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिले आयोजना गरेको मध्यबर्ती क्षेत्रका स्थानीय तह संग समन्वय बैठकमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाको १ ,२ ,३ नं वडा निकुन्जमा पर्ने र त्यसमा पनि वडा नं एक को घना बस्तिनै निकुन्ज भित्र पर्ने हुँदा विकासनिर्माणको ठुलो रकम बिकास निर्माणमा छुट्याएको बताएका थिए ।
त्यसको लागि समन्वय नभईकन काम गर्न अफ्ट्यारो परिरहेको बताए। उनले राष्ट्रिय निकुन्जलाई समन्वयकारी भूमिका खेल्नको लागि अपिल गरेका थिए।
उनले जनताले नुकुन्जको कारण आवत जावत गर्दा खेप्नु परेको समस्या एबम जनावरहरुले पुर्याउने गरेको बालि नालीको नोक्सान लगायतका समस्या समाधानको लागि पहल कदमी गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए।
उनले निकुन्ज सुरक्षा गर्नको लागि पर्खाल लगाउनु पर्ने पुराना पर्खाल कतिपय स्थानमा भत्केको र कति ठाउमा नभएको हुनाले सुरक्षा जोखिम बढेको बताएका थिए । निकुन्जलाई पारेको प्रभाब न्यूनीकरण गर्दै पर्यटनको विकास गर्नको लागि स्थानीयको सहयोग आवश्यक रहेको बताएका थिए ।त्यस सम्बन्धमा स्थानीय तह संग को समन्वय आवश्यक रहेको बताएका थिए ।