म सधै सकारात्मक सोच राख्ने र सृजनात्मक कार्य गर्ने युवाको साथमा छु : कुशुम कुमार कार्की

म सधै सकारात्मक सोच राख्ने र सृजनात्मक कार्य गर्ने युवाको साथमा छु :  कुशुम कुमार कार्की

कपन अनलाइन

काठमाडौ,माघ २१ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको प्रशान्ति शिक्षा सदनमा  मुस्कान सहितको सेवामा ध्यान,  टोल बनाउने हाम्रो अभियान भन्ने मूल नाराको साथमा मुस्कान चोक युवा क्लबले आयोजना गरेको प्रथम टोल भेला तथा चियापान कार्यक्रमका बिशेष अतिथि काठमाडौ क्षेत्र नं ४ का का प्रदेश २ तर्फका प्रदेश सांसद कुसुम कुमार कार्कीले पार्टीका कार्यकर्ता सन्तुष्ठ रहेका तर पार्टीका नेता असन्तुष्ट रहेको बताए। उनले आफ्नै पार्टीका अध्यक्ष पनि असन्तुष्ट रहेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउबा पनि असन्तुष्ट रहेको बताउदै कस्तो ब्यबस्था यो भन्दै प्रश्न गरेका थिए।

उनले सबैले सच्चिनु पर्ने र सबैलाई सच्च्याउनु पर्ने बताएका थिए। उनले तल देखि माथि सम्म सच्च्याउनु पर्ने भन्दै उनले किन सबै असन्तुष्ट छन् भने हामीले चाहेको जस्तो गर्न सकिरहेको छैनौ ।कसैले पनि चाहेको जस्तो गर्न नसकेको बताए। उनले त्यसको लागि सबै जना एकठाउमा उभिनु  पर्ने  बताएका थिए ।उनले कम्तिमा २० वटा एजेण्डामा अब राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका थिए।

उनले त्यो दल सरकारमा पुग्यो के गर्दो रहेछ त्यसले हामि पनि देखाइदेन्छौ भन्नु नहुने बताए।  उनले हिजो हामीले जहाँ जहाँ गल्ति गर्यौ त्यहा बाट आफुहरु सच्चिनु पर्ने बताएका थिए । उनले एउटा पार्टी र अर्को पार्टी बीच देश निर्माणको सवालमा   राम्रो  संग सहकार्य हुन नसकेको बताउदै अब त्यसो नहुने बताएका थिए।

उनले अब जसले विकास गर्छु भनेर अड्काउछ ,जसले अफ्ट्यारो पार्छ त्यसको मूल्यांकनको बिषय बनाइन्छ भन्ने आफुलाई लागेको बताए। उनले आगामी दिनमा त्यसलाइ  नागरिकहरुले नछोड्ने बताएका थिए ।

उनले सबै संग सहकार्य समन्वय गर्दै विकास निर्माण मा अघि बढ्ने बताएका थिए।उनले कार्यक्रमको आयोजकलाइ धन्यबाद दिंदै युवाको अभियानमा आफु जहिले पनि सकारात्मक सहयोग गर्न तयार रहेको बताएका थिए । उनले खेलको माध्यम बाट कपन लाइ चिनाउनु पर्ने भन्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।