कपन र चुनिखेल एउटा सिक्काका दुइ वटा पाटा हुन् : न्युछे नारायण श्रेष्ठ

कपन र चुनिखेल एउटा सिक्काका दुइ वटा पाटा हुन्  : न्युछे नारायण श्रेष्ठ

कपन अनलाइन

काठमाडौ,माघ २१ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको प्रशान्ति शिक्षा सदनमा हिजो मुस्कान सहितको सेवामा ध्यान,  टोल बनाउने हाम्रो अभियान भन्ने मूल नाराको साथमा मुस्कान चोक युवा क्लबले आयोजना गरेको प्रथम टोल भेला तथा चियापान कार्यक्रमका बिशेष अतिथि काठमाडौँ क्षेत्र नं ४ का समानुपातिक सांसद न्ह्युच्छे नारायण श्रेष्ठले बोल्दै  कपन संगै जोडिएको चुनिखेलमा बस्ने भए पनि उनले  अहिले सम्म कुनै पनि राजनीतिक क्षेत्रहरु विभाजन हुँदा पनि कपन र चुनिखेल  संगै टासिएर नै बसेको बताएका छन ।

उनले कपन र चुनिखेल एउटा सिक्काको दुइवटा पाटो भएको बताए। उनले मुस्कान युवा चोक क्लबले सामाजिक काम गर्दै आएकोमा  खुसि ब्यक्त गरेका थिए।  उनले राजनीतिक परिबर्तन संगै अर्को युग सुरु भएको बताउदै  युवाको परिभाषा यु भनेको युगान्तकारी र वा भने वाह भएको हुनाले देशको भविष्यनै युवा भएको बताए ।

उनले विकास निर्माणमा टोल चोक बाट युवा अघि बढ्नुपर्ने बतएका थिए। उनले विकास निर्माण भनेको पहिला चोक ,टोल ,वडा हुदै नगरको बिकास गर्नु पर्ने भन्दै अनि नगर बनिसकेपछि क्षेत्र विकास गर्ने र त्यसपछि प्रदेश बनाउनुपर्ने बताएका थिए। उनले थप्दै प्रदेश सभ्य भएपछि देश आफै बन्ने बताएका थिए। उनले त्यसको लागि सबै जना संग सहकार्य समन्वय गर्दै अघि बढ्नु पर्ने बताएका थिए ।

उनले युवा उद्यमशिलता को लागि यै देशका लागि युवाहरुलाई  प्रोत्साहन गर्नको को लागि  विकास निर्माण भन्दा पनि ठुलो चेतना जगाउने काम ठुलो भएको बताएका थिए।

उनले हामि यहि बसेर केहि बनाउने भन्ने खालको मानसिकता बनाउनु पर्ने बताएका थिए ।उनले युवाहरुलाई युवा लक्षित कार्यक्रम बनाएर टोलमा सामुहिक रुपमा युवाहरुलाई प्रोत्साहन गर्ने खालका काम गर्नुपर्ने बताएका थिए। उनले आफुहरु नेता नभई सेवकको रुपमा काम गर्ने बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।