नेपालको आन्तरिक मामलामा कुनै पनि देशको हस्तक्षेप स्वीकार्य छैन :डा.राजन भट्टराई

नेपालको आन्तरिक मामलामा कुनै पनि देशको हस्तक्षेप स्वीकार्य छैन :डा.राजन भट्टराई

कपन अनलाइन

काठमाडौ,माघ २०।

नेकपा एमालेका केन्द्रिय सदस्य एबम नेपाल भारत प्रवुद्ध समुहका सदस्य डा. राजन भट्टराईले नेपालको आन्तरिक मामलामा कुनै पनि देशको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन।

नेकपा एमाले बुढानिलकण्ठ वडा नं १२ ले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले यो धारणा राखेका हुन ।उनले संविधान निर्माण ,आर्थिक नीति ,विदेस नीति जस्ता आन्तरिक् विषय हरुमा कुनै पनि अन्य देशको प्रत्यक्ष हस्तक्षेप हुनु नहुने भन्दै उनले नेपालले सबै देशहरु संग मित्रवत र समान सम्बन्ध राख्ने नीति अव बन्ने सरकारले  लिने बताएका हुन् ।

डा.भट्टराईले भर्खरै भएको भारतीय विदेश मन्त्रि सुष्मा स्वराजको नेपाल भ्रमणको प्रसंग सम्झिदै नेपालको विकास भारत संगको मित्रवत र समानता मा आधारित सम्बन्धले मात्र हुने बताए ।

त्यसतै उनले काठमाडौं क्षेत्र नं ४ मा हुने विकास निर्माण लाई जनप्रतिनिधिहरुको माग र क्षेत्रको आवस्यकता अनुसार आफुले सहयोग गर्ने बताएका थिए ।  डा. भट्टराईले यस क्षेत्रको बाटो आफ्नो चासोको विषय रहेको भन्दै बर्षमा नाकाबन्दी जस्तो अवस्था भोग्नु परेको पिडा यस क्षेत्रका  जनताले महसुस गरेकाले   त्यसको समाधानका लागि आफु मन्त्रालय देखि सरोकारवाला  निकाय संग छलफल र ताकेतामा रहेको बताए।

निर्वाचनमा जिते पनि हारे पनि निरन्तर आफु जनताको समिपमा आउने बाचा नभुलेको भन्दै क्षेत्रका हरेक गतिविधिमा आफु सक्रियता पुर्वक सहभागी बन्ने भन्दै उनले निर्वाचनमा मतदान गर्ने सबै जनतालाई धन्यवाद दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।