आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब प्रवेश

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब प्रवेश

कपन अनलाइन 

काठमाडौं, माघ १८ ।

पोखरामा जारी आहा रारा गोल्डकपको आज भएको सेमी फाइनल खेलमा नेपाल पुलिस क्लब १ -० गोलले धरान फुटबल क्लबलाई  हराउदै फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफको २३ औं मिनेटमा पेनाल्टी मार्फत पुलिस क्लबले पहिलो गोल गरेको थियो । खेलको  ९० मिनेटमा  नेपाल पुलिस क्लब कुनै थप गोल गर्न सकेन भने धरान फुटबल क्लबको पनि खेलमा फर्कने थुप्रै प्रयास सफल हुन सकेन।

आहा रारा गोल्डकपको फाइनल खेल थ्री स्टार क्लब र नेपाल पुलिस क्लब  बीच हुने छ ।

 

तपाइँको प्रतिक्रिया ।