प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित

प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित

कपन अनलाइन 

एजेन्सी, १८ माघ । गए राति प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । वेम्ब्ली स्टेडियममा खेलिएको सो खेलको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । त्यस्तै युनाइटेडको डिफेन्डर फिल जोन्सको आत्मघाती गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरेको हो ।

यस जितसँगै पाँचौं स्थानमा रहेको टोटनह्यामको २५ खेलबाट ४८ अंक रहेको छ । त्यस्तै युनाइटेडको उति नै खेलबाट ५३ अंक रहेको छ ।
त्यस्तै गए रातिको अर्को खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेष्ट ब्रोममाथि ३-० को सहज जित दर्ता गर्न सफल रह्यो ।

सिटीका लागि फर्नान्डिनोले गोलको खाता खोलेका थिए भने केभिन डे ब्रुयन र सर्जियो अगुएरोले दोस्रो हाफमा गोल गर्दै टोलीको जित सुनिशित गरे । यस जितसँगै सिटीको २५ खेलमा ६८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडमाथि सिटीको १५ अंकको अन्तर रहेको छ ।

तपाइँको प्रतिक्रिया ।