सुवर्ण शमशेर क्रिकेट मैदान निर्माण केवल चुनावी नारा कि निर्वाचित प्रतिनिधिहरुको अभिभारा ?

सुवर्ण शमशेर क्रिकेट मैदान निर्माण केवल चुनावी नारा कि निर्वाचित प्रतिनिधिहरुको अभिभारा ?

कपन अनलाइन 

काठमाडौ,माघ १८

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा निर्माणाधीन सुवर्ण शमशेर क्रिकेट मैदान अहिले स्थानीयहरुको फोहोर  फाल्ने स्थानमा परिणत भएको छ ।

नगरपालिकाको गौरवको रुपमा रहेको यो मैदान निर्माण कार्य बजेट अभावमा रोकिएको छ ।यस भन्दा अगाडी प्राप्त रकम बाट पर्खाल निर्माण गरिएको छ भने अन्य रकम त्यस स्थानको माटो मिलाउने र अन्य सामान्य पूर्वाधार विकासमा खर्च गरिएको समितिले बताएको छ ।यस स्थानमा अहले निर्माण कार्य रोकिएको छ भने त्यस स्थानमा दैनिक जसो विभिन्न भिडियो र फिल्म शुटिंग गरिदै आएको छ तर नगरपालिकाको एक मात्र महत्वपूर्ण खेलकुदको पूर्वाधार बन्नुपर्ने कार्य भने रोकिएको छ ।

पुर्व प्रधान मन्त्रि स्वर्गीय सुशील कोइरालाले उदघाटन गरेको सो क्रिकेट मैदान सबै तहका  निर्वाचनको दौरान  चुनावी मुद्दा बनेता पनि अहिले यस प्रति चासो र चिन्ता कसैले नगरेको स्थानीयहरु गुनासो गर्न थालेका छन ।

यसको निर्माण कार्य अगाडी बढाउनका लागि अहिले न प्रतिनिधि सभाका सांसद गगन थापाले देखिने पहल गरेका छन न त् प्रदेस सभामा निर्वाचित कुसुम कुमार कार्कीले यस वारेमा सार्वजनिक चासो व्यक्त गरेका छन । त्यति मात्र हैन वडा नं १३ जहाँ यो मैदान रहेको छ त्यसै गृह वडा रहेका प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठले यस वारेमा बोलेका छैनन् ।त्यस्तै हरेक दिन प्रातकालिन भ्रमणमा निक्लिदा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेलले टेक्ने यो स्थानको वारेमा उनले नै कुनै सामुहिक छलफल र निर्माणको पहल थालेका छन ।

बुढानिलकण्ठ नगरपालिकाले यो मैदान निर्माणमा जुन किसिमको तदारुकता र पहल गर्नुपर्ने त्यो कतै देखिएको छैन ।नगरपालिकामा यो मैदान निर्माण हुदा यसले खेलकुद पर्यटन र खेलाडी उत्पादनमा निकै ठुलो भूमिका निर्माण गर्ने तथ्य छर्लंग रहदा पनि कसैले यसको निर्माणमा पहल गर्ने प्रयास समेत नगर्नु आश्चर्यको विषय बनेको छ ।

अहिले सम्म नेपाल सरकार ,जिल्ला खेलकुद विकास समिति ,सांसद विकास कोष र नगरपालिकाको करोडौ रकम खर्च भैसकेको यो मैदान यस्तै अलपत्र रहदा यसले विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुको पूर्वाधार विकासमा रहेको सतही र निर्वाचन मुखी व्यवहार र नारा प्रस्ट पारेको छ भने उनीहरुको विकास प्रतिको धारणा र सोचको पनि दृश्य देखाएको टिप्पणी अहिले नगरपालिका भरि हुन् थालेको छ ।

नगरपालिका भित्रका खेलाडीले आफ्नो भविस्य खेलकुदमा बनाउनका लागि प्रयोग गर्न सक्ने सुनौलो मौका यो मैदान निर्माणले दिने अवस्था हुदा हुदै यसको निर्माणमा भै रहेको ढिलाई र सरोकारवाला जन प्रतिनिधिको उदासिनताले यस नगरपालिकाको खेलकुद विकास प्रतिको धारणा र सोचलाई प्रस्ट प्रस्ट पारेको छ जसले आगामी पिडि जो यस मैदानको उत्पादनको रुपमा रास्ट्रलाई पहिचान दिलाउन सक्ने थिए  उनीहरु प्रति घोर अन्याय समेत गरेको छ ।

अवका दिनमा हरेक तहमा निर्वाचित जनप्रतिनिधिले यो प्रश्नको जवाफ दिनु पर्नेछ कि सुवर्ण शमशेर क्रिकेट मैदान निर्माण केवल चुनावी नारा कि निर्वाचित जानप्रतिनिधिको अभिभारा ?

तपाइँको प्रतिक्रिया ।