बुढानिलकण्ठ नगरपालिकामा फुटवल प्रशिक्षण सुरु

बुढानिलकण्ठ नगरपालिकामा फुटवल प्रशिक्षण सुरु

कपन अनलाइन 

काठमाडौ,माघ १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको ह्यान्डबल खेल मैदानमा फुटवल प्रशिक्षण सुरु भएको छ ।

१६ र १४ वर्ष भन्दा मुनिका खेलाडीहरुलाई नियमित फुटवल प्रशिक्षण कार्यक्रमको उदघाटन बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राईले  गरेकी थिइन् । सो कार्यक्रममा पुर्व रास्ट्रिय खेलाडी मणि शाह ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,जिल्ला खेलकुद विकास समिति काठमाडौं का अध्यक्ष धुर्वराज न्यौपाने ,रास्ट्रिय खेलाडी विशाल श्रेष्ठ,सरस्वती युवा क्लवका कप्तान दिपेश श्रेष्ठ ,बोइज युनियन क्लवका आशिक थापा मगर  सहित विभिन्न क्लव हरुका खेलाडीहरुको उपस्थिति रहेको थियो ।

१६ वर्ष भन्दा मुनिका खेलाडीलाई सातामा ६ दिन प्रशिक्षण प्रदान गरिने छ भने १४ वर्ष भन्दा मुनिका खेलाडीहरुलाई साताको ३ दिन र सार्वजनिक विदाको दिन प्रशिक्षण दिइने छ ।बेख सिद्धेश्वर युवा क्लवको व्यवस्थापनमा संचालन हुने प्रशिक्षण सुवाष न्यौपानेले दिनेछन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सहयोगमा हुने प्रशिक्षणमा इच्छुक खेलाडीहरुले  सहभागिता जनाउन सक्ने व्यवस्थापक क्लवले जानकारी दिएको छ  ।

नियमित प्रशिक्षण संचालन गरेर खेलाडी उत्पादन गर्ने उदेस्यले यो प्रशिक्षण संचालन गरिएको वडा अध्यक्ष नवराज भट्टराई ले बताए।उनले प्रशिक्षण लाई बृहत र नियमित बनाउनका लागि थप सहयोग उपलव्ध गराउने पनि आस्वासन दिएका छन ।

फोटो सौजन्य :प्रज्वल थापा

तपाइँको प्रतिक्रिया ।