बजारमा स्मार्टफोन बजारमा ओप्पो मोवाएल पहिलो, सामसुङ टप टेनमा पनि परेन

बजारमा स्मार्टफोन बजारमा ओप्पो मोवाएल पहिलो, सामसुङ टप टेनमा पनि परेन

कपन अनलाइन 

काठमाडौ, माघ १६।चीनको स्मार्टफोन बजारमा घरेलु कम्पनी ओप्पोले पहिलो स्थान ओगटेको छ । सन् २०१७ मा बढी बिक्री भएका १० मोबाइलको सूचीमा ९ वटा घरेलु ब्रान्ड छन् ।

दोस्रो स्थानमा रहेको एप्पल टप टेनमा पर्ने एक मात्र विदेशी कम्पनी हो । आइफोन ७ प्लसले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा २.८ प्रतिशत बजार हिस्साओगटेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ । एप्पलको ठूलो स्क्रिनवाला फोनले ओप्पो आर९एसलाई पछ्याएको छ, जसको बजार हिस्सा ३ प्रतिशत रहेको छ ।

सन् २०१६ को सेप्टेम्बरमा बजारमा आएको एप्पलको आइफोन ७ ले २०१७ को पहिलो अर्धवार्षिकमा राम्रो गर्यो र त्यसपछि मूल्य कटौती गरेर चीनको बजारबाट फाइदा लियो । १ सय २८ जीबी हार्ड ड्राइभसहितको आइफोन ७ प्लसको मूल्य १६ प्रतिशतको हाराहारीमा कटौती गरिएको थियो ।

सानो स्क्रिनको आइफोन ७ चीनमा २.४ प्रतिशत बजारहिस्सासहित पाचौं बेस्ट सेलिङ मोबाइल बनेको थियो ।

‘आइफोन ७ लेभन्दा आइफोन ७ प्लसले राम्रो गर्नुको अर्थ चीनको बजारमा मूल्यले मात्रै ठूलो महत्वज राख्दैन भन्ने हो,’ काउन्टरप्वाइन्टका प्रवक्ताले भनेका छन् ।

टप ५ मा परेका अन्य फोनहरुमा भिभोको एक्स ९ र ओप्पो ए५७ रहेका छन् ।

एप्पलले विगत दुई वर्षयता चीनमा कठिन संघर्ष गरिरहेको थियो । तर, पछिल्लो नतिजाले उसको बजार निकै सुध्रिएको देखाउँछ । चीनमा यसको इयर टु इयर ग्रोथ १२ प्रतिशत रहेको छ ।

चीन अत्यन्तै प्रतिस्पर्धात्मक स्मार्टफोन बजार हो जहाँ सामसुङले आफ्नो वर्चश्व कायम गर्दै आएको थियो । तर, अहिले यो बजारमा स्थानीय कम्पनीहरुकै हालिमुाहली छ । सन् २०१७ को तेस्रो चौमासिकमा हुवाईले १९।४ प्रतिशत बजार हिस्सा ओगटेको थियो भने त्इसपछि ओप्पो, भिभो र शाओमी रहेका छन् ।

चीनमा २०१७ मा सबैभन्दा बढि बिक्री भएका मोबाइलः
– ओप्पो आर९एस

Image result for ओप्पो आर ९ एस
– आइफोन ७ प्लस

Related image
– भिभो एक्स९

Image result for vivo x9
– ओप्पो ए५७

Image result for ओप्पो ए५७
– भिभो वाई६६

Image result for vivo y66
– होनर८ लाइट

Image result for हॉनर ८ लाइट
– शाओमी रेड एमआइ नोट ४ एक्स

Image result for xiaomi redmi note 4x
– होनर इन्जोई ६ एक्स

Image result for honor enjoy 6x

तपाइँको प्रतिक्रिया ।