माघ १५ गते ३ बजे बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा कपन अनलाइन पुग्दा
कपन अनलाइन
काठमाडौ,माघ १६ ।
अपरान्हको ३ बजे कपन अनलाइनको टिम बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा पुग्दा सेवाग्राहीहरुको त्यति चहल पहल थिएन ।वडामा फाट्टफुट्टमात्र सेवा ग्राहीको उपस्थिति हुदै थियो।
हामि वडामा पुग्दा कर्मचारीहरु कार्यलयको को काम लाइ ब्यबस्थित गर्दै थिए त्यहा पुगे पछि हामीले वडा अध्यक्ष कहा हुनुहुन्छ भनेर सोध्यौ ? सचिबले वडा अध्यक्ष बिदामा हुनुहुन्छ कार्यबहाक अध्यक्ष तोकिएको छ भन्ने जवाफ पाए पछि हामि कार्यबहाक वडा अध्यक्ष को कार्यकक्षमा पुग्यौ। त्यहि वडाको महिला वडा सदस्य धनु माया डंगोललाइ वडा अध्यक्षको अनुपस्थितिमा कार्य गर्नको लागि तोकिएको रहेछ ।
जवाफमा उनले वडा अध्यक्ष ३ /४ दिनभयो उहा बिदामा हुनुहुन्छ भनिन। उनले थप्दै भनिन वडा भित्रका खम्बामा भएका बिजुलीका तार, केबुलका तार हरुलाई हटाउने अन्डर ग्राउण्ड गरि सडक सौन्दर्य बढाउने योजनाको काममा लागेको हुनाले केहि दिन बिदामा हुनुहुन्छ भन्ने जवाफ पायौ। उनले वडामा जनप्रतिनिधि आइसके पछी सेवा प्रवाहमा सहज भएको बताइन ।
साथै सेवा प्रवाहमा पनि छिटो छरितो र झन्झट रहित रुपमा सेवा प्रवाह भइरहेको बताइन । उनले वडालाई सफा राख्नको लागि ब्यानर पम्प्लेटहरु टाँस्न नदिने योजना सहित अघि बढेको र सूचनाहरु जनतालाई वडाले राखेको डिजीटल सूचना बोर्ड बाट दिने योजना समेत रहेको बताइन ।
सोहि क्रममा हामीले वडा कार्यलयमा आएका सेवाग्राहीलाई वडामा सेवा प्रवाह कतिको सहज महसुस गर्नु भएको छ? भनेर सोधेका थियौ जवाफमा सेवाग्राही प्रभात तिवारीले वडामा सेवा प्रवाह एकदमै छिटो छरितो भएको बताए ।तर उनले कार्यालयमा कम्प्युटरमा इन्टरनेट सर्भरमा समस्या आउने हुँदा कहिले काही सेवाग्राहीले पर्खिनुपर्ने समस्या रहेको पनि वताए ।
सोहि क्रममा हामीले वडाका सचिब पशुपति चुदाली संग पनि जनप्रतिनिधीहरु संग काम गर्दा कतिको सहज महसुस गर्नु भएको छ ? भनेर सोधेका थियौ ।
उनले जवाफमा जब राज्यको पुनःसंरचना भयो देश संघियतामा अगाडी बढ्यो तीन वटा निर्वाचन स्थानीय तह, प्रादेशिक, केन्द्रको निर्वाचन भैसक्यो। स्थानीय सरकार गठन भइसके पछि जनताको घर घरमा सिंहदरबार भन्ने अभिप्रायका साथ् देश सङ्घीयतामा गएको थियो ।जनताले चुनेका जनप्रतिनिधिहरु आएका छन ।जनताको सेवामा खटिरहेका छन ,पक्कै पनि हामी कर्मचारीहरुलाई प्रशासनिक जिम्मेवारी बोकेर आएका कर्मचारीहरु र राजनीतिक जनताको अभिमत बाट चुनिएर आएका जनप्रतिनिधिहरुले काम गर्दा पहिलेको सङ्क्रमणकालीन अवस्था भन्दा फरक भएको बताए ।
उनले त्यो सङ्क्रमणकालीन अवस्थामा प्रसासनले राजनीतिक पार्ट लाइ पनि अगाडी संगै लिएर जानु पर्दा जुन किसिमको जटिलताहरु चुनौती थिए। यो अवस्थामा आइपुग्दा त्यी चुनौती हरु नभएको बताए । कार्य सम्पादनमा धेरै राहत महसुस गरेको पनि बताए । उनले पहिलाको कार्य अनुभब को रुपमा डोटी जिल्लाको गाबिस हरुमा बसेर सचिवको काम गर्दा गाबिसको सचिब मात्र नभएर गाबिस अध्यक्षको भूमिकामा काम गर्नु पर्दा धेरै जटिलताहरु चुनौतीहरुरहेको बताए ।
त्यसका बाबजुत पनि उनले आफ्नो क्षमता बुद्दी बिबेक को प्रयोग गरेर जनतालाई सेवा प्रवाह गरेको बताउदै हाल सहज महसुस भएको बताए ।
हामीले उनलाई सेवाग्राहीले राखेको गुनासो कम्प्युटरमा इन्टरनेट ढिला हुँदा सेवाग्राहीको समय खेर गएको कुरा राखेका थियौ। त्यसको जवाफमा उनले
हामीलाइ हाम्रो अनलाइन सिस्टम पंजीकरण बिभाग बाट संचालन हुने अनलाइन सिस्टममा समस्या देखिरहेको छ। त्यसले गर्दा जनताले चाहेको समयमा काम गर्न नसकेको अवस्था हो त्यो हामि स्वीकार गर्छौ भन्दै उनले त्यसमै थप्दै किन भने त्यो केन्द्रीय पंजीकरण बिभागबाट संचालन भएको अनलाइन सिस्टम भएको हुँदा त्यो नितान्त रुपमा इन्टरनेट संग संलग्न त हुन्छ, तर त्यो भइरहदा पनि समयमा फाइल सबमीट नहुदा सेवाग्राहीलाई असज महसुस भएको आफुहरुले पनि महसुस गरेका बताए।