क्यार्डियाफ सिटीलाई २–० ले हराउँदै म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा

क्यार्डियाफ सिटीलाई २–० ले हराउँदै म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा

कपन अनलाइन 

काठमाडौ, माघ १५ । क्यार्डियाफ सिटीलाई २–० ले हराउँदै म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा पुगेको छ । प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले आइतबार राति कार्डिफ सिटीमाथि २–० को जित निकाल्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

म्यानचेस्टर सिटीले दुवै गोल पहिलो हाफमा गरेको हो।  खेलको आठौं मिनेटमा केविन डी ब्राउनले गोल गर्दै भ्रमण टोलीलाई सुरुवाति अग्रता दिलाए। ३७ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफमै दुई गोलले पछि परेको घरेलु टोली दोस्रो हाफमा केही राम्रो खेले पनि हारबाट बच्न सकेन।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। तर इन्जुरी समयमा बेनेट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कार्डिफ सिटी १० खेलाडीमा सीमित भएको थियो।

तपाइँको प्रतिक्रिया ।