माघ १५ गते ११ :३० बजे बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा कपन अनलाइन पुग्दा

माघ १५ गते ११ :३० बजे बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा कपन अनलाइन पुग्दा

कपन अनलाइन

काठमाडौ, माघ १५।

बिहान ११ :३० बजे कपन अनलाइन  बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा पुग्दा सेवाग्राहीहरु  सेवा  लिंदै  गरेको अवस्थामा भेटिएको थियो।

हामी वडा अध्यक्षको कार्यलयमा पुग्दा उनि सेवाग्राहीको कामलाई सहजीकरण गरिरहेका थिए ।  हामी पुग्दा वडा सदस्यहरु भने वडा कार्यलयमा अनुपस्थित रहेका  थिए  ।

वडा नं ८ का  अध्यक्ष  सुमन तामाङले वडामा जनप्रतिनिधि आइसके पछी सेवा प्रवाहमा सहज भएको बताए। उनले सेवा प्रवाहमा पनि छिटो छरितो र झन्झट रहित रुपमा सेवा प्रवाह भइरहेको बताए।

उनले आफ्नै  घर आँगनको प्रतिनिधि पाएको भएर पनि अपनत्वको महसुस सेवाग्राहीले गरेको बताए।  आज नै वडा कार्यलय बाट जाडोको लागि निम्न आयश्रोत  भएका जनतालाई न्यानोको लागि सय वटा  ब्लान्केट वितरण गर्न लागेकोबताउदै  सेवाग्राहीको काम गर्न र  उनि विवरण टिप्न हतार गरिरहेका थिए ।

सोहि क्रममा हामीले  वडा कार्यलयमा आएका सेवाग्राहीलाई वडामा सेवा प्रवाह  कतिको सहज महसुस गर्नु भएको छ भनेर सोधेका थियौ । बुढानिलकण्ठ नगरपालिकाको भंगालमा बसोबास गर्ने सेवा ग्राही हरि न्यौपानेलाइ सोधेका थियौ।

उनले जवाफमा पहिलेको तुलनामा जनप्रतिनिधि आएपछि निकै सरल र सहज भएको बताए ।उनले पहिला जनप्रतिनिधि नहुँदा खेरि  एउटै सचिबले ३ वटा ४ वटा गाबिसको एकैचोटी  भ्याएर काम गर्नु गरेको र  धेरै चाप भएको बताएका थिए ।

सोहि क्रममा हामीले वडाका सचिब राजेन्द्र रोक्का क्षेत्री  संग पनि जनप्रतिनिधीहरु संग काम गर्दा कतिको सहज महसुस गर्नु भएको छ   भनेर सोधेका थियौ ।

उनले जवाफमा उनले जनप्रतिनिधि हुँदा र नहुदामा अन्तर भएको बताउदै पहिले सचिब एक्लैले सबैकुरा  हेर्नु पर्थ्योतर  अहिले जनप्रतिनिधि आइसकेपछि जनप्रतिनिधिहरु बाट जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुमा उहाहरुले हेर्नु हुन्छ ।

त्यसपछि हामीले कार्यन्वयन गर्ने चरणमा हामि आउछौ भन्दै त्यसो भएको हुनाले अलिकति सहज बाताबरणमा बनेको अवस्था रहेको बताए। उनले  काम  सजिलो त भएको छ तर अब नीति नियमका कुराहरुलाई अलिकति हाम्रा जनप्रतिनिधिहरुले फलो गरिदिनु भयो भने अझ बेस हुन्थ्यो भन्ने लागेको बताए ।

उनले वडामा एउटा फोकल पर्सन चाहिएको बताउदै सेवाग्राही संग गर्ने कामको बिषयमा कतिपय  कुराहरु जस्तै  एउटा निबेदन लेख्न पनि सेवाग्राहीलाई  आएन भन्ने अवस्थामा फोकल पर्सन एउटा भयो भने उहाहरुको जति जिज्ञासा छन् जनप्रतिनिधिहरुले फोकल पर्सनलाइ अर्हाउनुहुन्छ र उहाहरुलाई  लागेको कुरा सम्झाउने बुझाउने ,फारम भर्दिने काम चाही एउटा हेल्प डेस्क राखिदियो भने वडामा काम गर्न सबैलाई सहज हुन्छ जस्तो आफुलाई  लागेको बताए ।

 

तपाइँको प्रतिक्रिया ।