माघ १५ गते १२  बजे बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा कपन अनलाइन पुग्दा

माघ १५ गते १२  बजे बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा कपन अनलाइन पुग्दा

कपन अनलाइन

काठमाडौ, माघ १५।

करिब मध्यान्हको १२  बजे कपन अनलाइनको टिम बुढानिलकण्ठ नगरपालिका वडा नं १२  मा पुग्दा सेवाग्राहीहरु सेवा लिंदै गरेको अवस्थामा भेटिएको थियो।

हामी वडा अध्यक्षको कार्यलयमा पुग्दा उनि सेवाग्राहीको कामलाई सहजीकरण गरिरहेका थिए ।  हामी पुग्दा वडा सदस्यहरु भने वडा कार्यलयमा अनुपस्थित रहेका  थिए  ।

वडा अध्यक्ष  शम्भु भट्टराईले वडामा जनप्रतिनिधि आइसकेपछी सेवा प्रवाहमा सहज भएको बताए ।उनले जनप्रतिनिधि नहुँदा पनि जनताको नै काम गरेर बसेको मान्छे भएको पनि बताए।उनले हिजो वडा मंचको संयोजक छदा पनि काम गरेको  काम गरेको हुनाले पनि वडामा सहज ढंगले सेवा प्रवाह भइरहेको बताए।

हामीले उनलाई वडा कार्यलयमा वडा अध्यक्ष भेटिदैन भन्ने गुनासो  सेवाग्राहीको रहेको छ नि भन्ने प्रश्नमा उनले वडामा काम धेरै हुने र विभिन्न निकायको मिटिंगमा पनि पुग्नुपर्ने खानेपानी ,बाटो ढलमा पनि कहीं घरमा झगडा पर्यो भने पनि हामि पुग्नुपर्ने  हुनाले यहाँ सेवा दिनको लागि कुनै बेलामा नभेटिन सकिने कुरा सहि भएको बताए  ।

उनले १२ नं वडामा कर्मचारी र जनप्रतिनिधि बिचमा कसले कुन कामको  जिम्मा लिने भनेर स्पस्ट संग तोकेका बताउदै  जनप्रतिनिधि ५ जनालाई पनि कुन कुन काम हेर्ने भनेर काम तोकिएको बताए ।

जनप्रतिनिधि आइसकेपछि जनताले अपनत्व महसुस गरेका छन।  उनले २० औ वर्ष देखि रोकिएको कामहरु  झन्झटिला कामहरु सहज रुपमा सम्पन्न गर्न लागि परेका भन्दै  जनप्रतिनिधि आइसके पछि २०/ २५ लाखका योजना खानेपानीको लागि हालिसकेको बताए ।

प्रत्येक घरले खानेपानी खानुपर्छ भनेर दैनिक खानेपानीमा छलफल गरिरहेको बताउदै उनले  तत्काल टेलिकम अगाडिको बाटो र त्रि ज्योति साइडको बाटो पिच गर्न लागेको बताए ।

तेंजिग चोक देखि चुनिखेल कौडोल सम्म को बाटो सात कि. मि बाटोलाइ ढल हाल्न बाँकी रहेको र खानेपानीको लाइन बिस्तार गरिएको बताए। त्यो बाटो बिस्तार गरेर अगी बढ्दै छौ  उनले थपे त्यहा २ /४ घरले उपत्यका प्राधिकरणमा मुद्दा हालेको रहेछ।

त्यो केस सल्ट्याउनको लागि आफुहरु लागि परेको पनि बताए। उनले आज पनि वडा कार्यलयमा पि .आइ .डी का प्रतिनिधि र  खानेपानीका प्रतिनिधिसंग बैठक रहेको पनि बताए। तेन्जिङ चोकको हाइटेसन लाइन मुनि बाट पाइप हाल्न र  कसरी निर्माण सम्पन्न भयो भनेर बैठक बस्न लागेको पनि बताए।

सोहि क्रममा हामीले  वडा कार्यलयमा आएका सेवाग्राहीलाई वडामा सेवा प्रवाह  कतिको सहज महसुस गर्नु भएको छ भनेर सोधेका थियौ । बुढानिलकण्ठ नगरपालिका १२ कपनमा बसोबास गर्ने सेवा ग्राही चन्द्र प्रसाद सर्माले आफुहरु वडामा आउदा छिटो छरितो काम भएको बताए ।उनले अस्ति पनि आउदा छिटो छरितो काम भएको उनले जनप्रतिनिधि हुँदा र नहुदामा जनप्रतिनिधि नहुँदा सल्लहा सुझाब नपाउने गरेकोमा अहिले जनप्रतिनिधि आइसकेपछि सल्लाह सुझाब मा सरलीकरण भएको महसुस गरेको बताए।

सोहि क्रममा हामीले वडाका सचिब  अच्युत खड्का संग पनि जनप्रतिनिधहरु संग काम गर्दा कतिको सहज महसुस गर्नु भएको छ  भनेर सोधेका थियौ ।

उनले जवाफमा  स्थानीय निकायमा जनप्रतिनिधि नै आवश्यक पर्दछ। हिजो हामी सचिब भएर जनप्रतिनिधि जिम्मेवारी लिंदा खेरि स्थानीयलाइ हामीले नचिन्ने ।हामी सचिब टाढाको हुँदाखेरी स्थानीयलाई पनि नचिन्ने अवस्थामा सेवा दिन अलि अफ्ट्यारो भएको भन्दै अहिले स्थानीय यहिकै जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधि आउदा खेरि सहज र सरल  रुपमा  सेवा पाइरहेको बताए। उनले जनप्रतिनिधि र कर्मचारीहरु नङ र मासु जस्तो भएर काम गरिरहेको बताए।

 

तपाइँको प्रतिक्रिया ।