बार्सिलोनाले डिपोर्टिभो आलाभेजलाई २-१ ले पराजित

बार्सिलोनाले डिपोर्टिभो आलाभेजलाई २-१ ले पराजित

कपन अनलाइन 

एजेन्सी १५ माघ। अन्तिम समयमा लियोनल मेसीले फ्रिकिक मार्फत गोल गरेपछि बार्सिलोनाले डिपोर्टिभो आलाभेजलाई २१ गोलले पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउँमा भएको खेलमा आलाभेजले खेलमा अग्रता बनाएको थियो । आलाभेजले खेलको आवाई गोमेजको पासमा खेलको २४ अौ मिनेटमा जोन गुइडेटीले गोल गरेका थिए ।

बार्सिलोना पहिलो हाफमा १० ले पछि परे पनि दोस्रो हाफमा भने सानदार कमव्याक गर्यो। खेलको ७२ अौ मिनेटमा आन्द्रेज इनियष्टाको पासमा लुइस स्वारेजले गोल गरे ।

खेलको ८४ अौं मिनेटमा पाएको फ्रि किकको सदुपयोग गर्दै लियोनल मेसीले सानदार गोल गरे । यो जितसँगै बार्सिलोनाको २१ खेलमा ५७ अंक भएको छ ।

तपाइँको प्रतिक्रिया ।