रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित

रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित

कपन अनलाइन

म्याड्रिड (एजेन्सी),१४ माघ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ ।भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा रियलका लागि क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई पटक पेनाल्टी गोल गरे । उनले १६ अौं र ३२ अौं मिनेटमा पाएको अवसरको सदुपयोग गर्दै रियललाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५८ अौं मिनेटमा सान्टी मिनाले गोल गर्दै अग्रता घटाए । तर निर्धारित समयको अन्तिम ६ मिनेटमा रियलले २ गोल थप्यो । मार्सेलोले मार्को एसेन्सियोको पासमा ८४ अौं मिनेटमा गोल गर्दा टोनी क्रुसले अन्तिम मिनेटमा अग्रता बढाए ।

२० खेलमा ३८ अंक जोडेको रियल चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको २१ खेलमा ४० र दोस्रोमा रहेको एट्लेटिकोको २० खेलमा ४३ अंक छ । बार्सिलोना २० खेलमा ५४ अंक सहित शीर्ष स्थानमा छ ।

तपाइँको प्रतिक्रिया ।