अव कुनै पनि बहानामा जनता संग गरेका बाचा बाट भाग्न सक्दैनौ : कुसुम कुमार कार्की
कपन अनलाइन
काठमाडौ,माघ १३।
काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ बाट निर्वाचित प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले अव कुनै पनि बहानामा निर्वाचनको वेलामा जनता संग गरेका बाचा बाट भाग्न नसकिने बताएका छन ।उनले नियम ,कानुन ,समय ,परिस्थिति जस्ता कुराहरु देखाएर आफुहरु जनता संग गरेका बाचा बाट उम्किन नसक्ने भन्दै आफ्नो क्षेत्रको विकासमा लाग्ने प्रतिवादत्ता व्यक्त गरेका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले आफ्नो क्षेत्रका जनता संग गरेका बाचा आफ्नो लागि संविधान जतिकै महत्वपूर्ण रहेको बताए ।
कार्कीले अहिले प्रदेस सभा सदस्यको निश्चित नाम र ठाउ नभएको भन्दै प्रदेसका कानुन निर्माण र स्थानीय विकास निर्माणमा भूमिका खेल्न आफुहरु तयार रहेको बताए ।उनले आफ्नो प्रदेस क्षेत्रको विकास निर्माण र समृद्धिको खाका बनाई सकेको भन्दै अव स्थानीय सरकार,प्रदेस सरकार र केन्द्रिय सरकार संग सहकार्य गर्दै ति योजना कार्यान्वयन मा लाग्ने बताएका छन ।
उनले सो कार्यक्रम मार्फत निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै जुनसुकै समयमा जनताको समस्या समाधानमा भूमिका निर्वाह गर्ने आस्वासन दिएका थिए ।