निर्णायक परिक्षामा सामेल हुन् जाने जिम्न्यास्टिक खेलका प्रशिक्षकको बिधाई

निर्णायक परिक्षामा सामेल हुन् जाने जिम्न्यास्टिक खेलका प्रशिक्षकको बिधाई

कपन अनलाइन 

काठमाडौ,माघ १३।

काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य एबम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जिम्न्यास्टिक खेलका प्रमुख प्रशिक्षक राजेश्वरमान स्थापित सहितको टोलीलाई बिधाई गरेका छन ।

दक्षिण कोरियाको दाइगु सहरमा  यहि जनवरी २८ देखि फेब्रुवरी २ तारिख सम्म हुने निर्णायकको परिक्षामा सामेल हुन् जाने  स्थापित लाई बिधाई गर्न प्रशिक्षक निरु दर्शनधारी डंगोल , प्रशिक्षक सजिनी मानन्धर र नेपाल ओलम्पिक कमिटिका कर्मचारी निरज श्रेष्ठ उपस्थित रहेका थिए।

प्रशिक्षक हरुलाई बिधाई गर्दै अध्यक्ष श्रेष्ठले उक्त परिक्षामा सफलताको कामना गरेका थिए भने त्यहा आर्जन गरेको अनुभव र ज्ञानले नेपालको खेलकुदमा सहयोग पुग्ने वीस्वास व्यक्त गरेका थिए ।

फोटो सौजन्य :निरज श्रेष्ठ

 

 

तपाइँको प्रतिक्रिया ।