साढे चार महिनादेखि महिला बेपत्ता

साढे चार महिनादेखि महिला बेपत्ता

कपन अनलाइन 

रामपुर पाल्पा, १२ माघ । रामपुर नगरपालिका– ८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिना देखि बेपत्ता भएकी छिन् । गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, सार्थीभाइकहाँ खोजीकार्य गरेपनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताए ।

घरनजिकै कालीगण्डकी रहेकाले आफन्त साथीभाई सबैले नदीमा पसेको शंका गरेपनि उनी अहिलेसम्म फेला पर्न नसकेको उनले बताए । एक नाबालक छोरा, श्रीमान् र सासू ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन् ।

तपाइँको प्रतिक्रिया ।