बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को विभिन्न तालिमहरु सम्बन्धि सुचना
कपन अनलाइन
काठमाडौ, माघ १२ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले बार्षिक नगर विकास योजनाको विनियोजित रकम ५ लाख बाट संजीवनी सोसाइटी नामक संस्था संगको सहकार्यमा बिबिध तालिमहरु संचालन गर्ने लागेकोले सहभागिताको लागि सार्बजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
संचालन हुने तालिमहरु निम्न रहेका छन् ।
माघ १३ गते शनिबार बाट ७ दिने अचार बनाउने तालिमको लागि ३० जना सहभागी गराइनेछ। त्यस्तैगरी १५ दिने गुडिया बनाउने तालिममा ३० जना सहभागी गराइने उक्त तालिम माघ २० गते बाट संचालन हुनेछ भने एक महिने बेकरी तालिम फाल्गुन १ गते देखि सुरु हुने भनिएको छ।
त्यस्तै बेकरी तालिममा २० जनालाइ सहभागी गराउने जानकारी सूचनामा उल्लेख गरिएको छ । गुडिया र अचार तालिम वडा कार्यलयको भवनमा सचालन हुनेछ भने बेकरी तालिम होराइजन टेक्निकल ट्रेनिंग सेन्टर महाराजगन्जमा संचालन हुनेछ ।
सम्पूर्ण तालिमहरु दिनको ११ बजे देखि २ बजे सम्म संचालन हुने भएको ले उक्त तालिमामा सहभागी हुन चाहनेइच्छुक महिला तथा पुरुषहरुले वडा कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।