सांस्कृतिक सम्पदाको ब्यबस्थापन र संरक्षण मेरो मुख्य कार्य हुनेछ : राधा घले(सदस्य ,प्रदेस ३ )

सांस्कृतिक सम्पदाको ब्यबस्थापन र संरक्षण मेरो मुख्य कार्य हुनेछ : राधा घले(सदस्य ,प्रदेस ३ )

कपन अनलाइन

काठमाडौ, माघ १२ ।

प्रदेस नं ३ प्रदेस सभामा समानुपातिक तर्फ बाट प्रदेस सभा सदस्य बनेका नेपाली कांग्रेसकी  राधा घलेले  सपथ ग्रहण पश्चात कपन अनलाइन लाइ प्रतिक्रिया दिदै आफ्नो क्षेत्र र प्रदेसको सम्मुनतिका लागि आफुले योगदान दिने बताएकी  छिन ।

उनले प्रदेस सभामा जनताले आफुलाई प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी प्रदान गरेकाले आफुले राम्रो कामको समर्थन र नराम्रो गलत कामको विरोध गर्ने शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइन ।

त्यसको साथि आफ्नो क्षेत्र र प्रदेसको विकास निर्माण सहित  क्षेत्रको समृधिका साथमा प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताइन।

उनले समग्रमा शिक्षा र स्वास्थ्या संग संगै रोजगारी सिर्जना गर्न आफ्नो पहल हुने समेत बताइन त्यसको अलवा आफ्नो मुख्य काम क्षेत्रको भौतिक ,सांस्कृतिक  र सामाजिक विकास रहेको बताइन साथै सांस्कृतिक सम्पदाको ब्यबस्थापनमा पनि भूमिका खेल्ने  समेत बताएकी छिन ।

उनले निर्वाचनमा विस्वास  गरेर मतदान गर्ने सबैलाई धन्यबाद दिंदै  त्यो बिस्वास कायम गरी आफ्नो जिम्मेवारी पुरा गर्ने बताएकी छिन ।

 

 

तपाइँको प्रतिक्रिया ।