बुढानिलकण्ठ -१३ पारीगाउँ बाटो मर्मत सुरु
कपन अनलाइन
काठमाडौ, माघ १२ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ जगडोल पारिगाउमा बर्षातको पानीको निकास राम्रो नहुदा तारेभिर देखिको भेलले बाटो बिगार्ने समस्या लाई समाधान गर्ने ऊदेश्यले बु न पा १३ अन्तर्गत ज्ञान बहादुरको घर देखि गणेश मन्दिर सडक निर्माण शिर्षकमा बिनियोजित बजेट बमोजिम उक्त स्थानमा ह्युम पाईप राख्ने काम शुरु भएको छ।
बुढानिलकण्ठ नगरपालिकाले बिनियोजन गरेको १ लाख ७५ हजार रुपैयाले जगडोल पारिगाउँ निर्माण उपभोक्ता समितिको सकृयता तथा जगडोल रेसिडेन्ट ग्रुप को ब्यबस्थापनमा उक्त काम सुरु भएको छ ।करिव २ हप्तामा कार्य सक्ने उदेश्य सहित काम अघि बढेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सुमन थापाले बताए ।
उक्त कार्य पछि बर्षातको समयमा तारेभिर देखि बहने पानीको भेलबाट स्थानीयहरुले राहतको अनुभूति गर्ने पारिगाउँ निर्माण उपभोक्ता समितिका सचिब सन्तोष केसी ले कपन अनलाइनलाइ बताए । युवाहरुको सक्रियता र नगरपालिकाको सहयोगमा हुन लागेको कामलाई स्थानीय सबैले सरहानिय काम भएको र विकासको काममा सदैब सहयोग रहने समेत बताएका छन ।