लेगानेससँग २-१ पराजित रियल कपबाट बाहिरियो
कपन अनलाइन
एजेन्सी, ११ माघ । बुधबार राति भएको कोपा डेल रे कपमा रियल मड्रिडलाई झट्का लागेको छ । लेगानेसले इतिहास रच्दै रियललाई नकआउट गर्न सफल भएको छ ।
पहिलो लिगमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो लिगमा भने लेगानेससँग २-१ गोलले पराजित भएको हो । सम्रगमा २-२ गोलको बराबरी भएपनि अवे गोलका आधारमा रियललाई लेगानेसले पाखा लगाएको हो ।
यो हारसँगै रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानको जागिर पनि धरापमा परेको छ । उनले पिएसजीविरुद्धको खेलले नै आफ्नो भविष्य निर्धारण गर्ने बताएका छन् ।
तर, रियलका खेलाडी सर्जियो र्यामोसले प्रशिक्षकले भन्दा पनि डिफेण्डरहरुले खेलको नतिजाको जिम्मेवारी लिनुपर्ने बताएका छन् । रियल ला लिगामा बार्सिलोनाभन्दा १९ अंकले पछि रहेको छ ।
तपाइँको प्रतिक्रिया ।