आफ्नो क्षेत्रलाइ पर्यटक र कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्नेछु :योगेन्द्र संग्रौला (सदस्य ,प्रदेस नं ३ )

आफ्नो क्षेत्रलाइ पर्यटक र कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्नेछु :योगेन्द्र संग्रौला (सदस्य ,प्रदेस नं ३ )

कपन अनलाइन

काठमाडौ,माघ ११ ।

काठमाडौ निर्वाचन क्षेत्र नं ६ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य योगेन्द्र संग्रौलाले आफ्नो क्षेत्रको विकास निर्माण र क्षेत्रको सम्वृद्धिको लागि भूमिका खेल्ने र निर्वाचनमा जनता संग गरेका वाचा र नेपालको इतिहासमा पाएको स्वर्णिम अवसरलाई मन वचन र कर्मले पुरा गर्ने बताएका छन ।

सपथ ग्रहण कपन अनलाइनलाई  प्रतिक्रिया दिंदै उनले प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताए । उनले आफ्नो क्षेत्र ग्रामिण भएको हुनाले ग्रामिण क्षेत्रलाइ पर्यटक र कृषिको पकेट क्षेत्रको रुपमा अघि बढाउने र अर्ग्यानिक कृषिको माध्यम बाट किसानले उत्पादन गरेका बस्तुको उचित मूल्यका साथै  बजारीकरणमा पहल गर्ने योजना बताए ।

साथै उनले शिक्षा ,स्वास्थ्य ,रोजगारी ,सडक र खानेपानीको तीन वटै स्थानीय ,संघिय ,केन्द्र सरकार संग समन्वय गरि आवश्यक योजना सहित अघि बढ्ने बताए।उनले निर्वाचनमा सहयोग गर्ने जनता ,बाम गठबन्धनका सहयोद्दा र सबै समर्थक सुभ चिन्तक मतदाताहरुलाई धन्यवाद पनि दिएका छन ।

तपाइँको प्रतिक्रिया ।