गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा जुत्ता बनाउने तालिम सुरु
कपन अनलाइन
काठमाडौं माघ १०।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ देबी बालसुधार माबीमा सृजनशिल महिला संस्थाको आयोजनामा मखमलको जुत्ता बनाउने तालिमको हिजो एक कार्यक्रमको बीच सुभारम्भ भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी रहेका थिए भने अतिथिहरुमा वडा सदस्य लक्ष्मी भण्डारी ,स्थानीय एमालेका नेता गोकुल बिष्ट नेपाली कांग्रेसका स्थानीय नेता मुरारी भण्डारी, माओवादी केन्द्रका स्थानीय नेता हर्क बहादुर तामांग सहित तालिममा सहभागी प्रशिक्षक एबम प्रशिक्षार्थीहरु रहेका थिए ।
उक्त कार्यक्रमको सभाध्यक्षता सृजनशिल महिला संस्थाकी शशी तिमिल्सिनाले गरेकी थिइन् भने कार्यक्रम संचालन नर्वदा कुँवरले गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीले तालिम तालिमको लागि मात्र नभई सिकेको कुरा ब्यबहारमा लागु गरि आयआर्जन तर्फ उन्मुख हुन अनुरोध गरेका थिए।
उनले पहिला पनि धेरै तालिमहरु संचालन भएको तर प्रतिफल सुन्य भएको हुँदा अहिलेको तालिमले परिणाम मुखी होस् भन्ने शुभकामना समेत दिएका थिए। उनले तालिममा आवश्यक हुने सामग्री हस्तान्तरण समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै स्थानीय नेता गोकुल बिष्टले तालिमको सफलताको शुभकामना दिएका थिए भने अन्य बक्ताहरुले पनि तालिममा सिकेका कुरा ब्यबहारमा उतारेर आयआर्जनमा लाग्नु पर्ने बताएका थिए।
तालिम गोकर्णेश्वर नगरपालिका वडा नं ३ देबी बालसुधार माबीमा माघ २३ गते सम्म संचालन हुनेछ।