सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ ९। 

बाजुरा जिल्ला त्रिबेणी नगरपालीका वाड नं. ९ (मालीका भण्डार गृह) स्थित पैमामा माघ ४ गते देखी शुरु भएको निःशुल्क स्वास्थ्य शिविर समापन भएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी निरीक्षक डा. रोशन कुमार निराला र  डा. सुभेच्छा थिङ्ग लगायत अन्य पारामेडिक्स टिम सहितको टोलीले निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच  गरेका थिए ।

उक्त शिविरमा स्थानिय सर्वसाधारण पुरुष १६५ जना, महिला २६५ जना र बालबालिका ५५ जना गरी जम्मा ४८५ जनालाई चेकजाँच गरी निःशुल्क औषधी वितरण गर्नुका साथै जनचेतना एवं स्वास्थ्य सम्बन्धी परामर्श समेत दिईएको  थियो ।

तपाइँको प्रतिक्रिया ।